मंगलबार १२ आश्विन २०७८

क्वालालम्पुर (मलेसिया):= मलेसियाबाट नेपाल् घर फर्किने तयारीमा रहेका एक नेपाली श्रमिकको घर फर्किन नपाउदै मलेसियामै मृ’त्यु भएको छ । नेपाल ठेगाना ओख्रेनी ७ सल्यान घर भई मलेसियामा कार्यरत २७ वर्षिय खिम वहादुर थापाको मृ’त्यु भएको हो।

नेपाल फर्कनको लागि उनले १९ तारिखका दिन नेपाली दुतावासले जारी गर्ने यात्रा अनुमतिपत्र ( ट्राभल डकुमेन्ट ) समेत वनाईसकेका थिए। मलेसिया दुतावासले घर फर्कने प्रयोजनको लागि मात्र यात्रा अनुमती पत्र जारी गर्ने गर्दछ ।

यात्रा अनुमति पत्र वनाईसकेर मात्र अहिले नेपाल फर्कन संभव छैन । आफुमा कोरोना सक्रमण देखिएको छ कि छैन भनेर समेत जाचँ गराउनु पर्दछ । यदि कोरोना नेगेटिभ आएमा सिधै एयरपोर्टमा गएर पैसा वुझाएर नेपाल फर्कन सकिने प्रावधान छ।

थापा केहि समय अगाडि देखि शरिर सुन्नीले रोगवाट पिडित वनेका थिए । उनी केहि समय अगाडि देखि किड्नीका समस्यावाट पिडित भएको वताईएकोे छ । हिडन समेत नसक्ने अवस्थामा पुगेपछि उनी विरामि अस्वस्थामै क्वालालम्पुर आएर घर फर्कने प्रकृया अगाडि वढाईसकेका थिए ।

घर फर्कनको लागि आवश्यक पर्ने अध्यागमनको समेत काम पुरा गरिसकेर २५ तारिखका दिन नेपाल फर्कनको लागि टिकट समेत काटिसकेका थिए । यसैविचमा उनको मृ’त्यु भएको हो । ।श’वलाई पोष्टमार्टमको लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । समयमै उपचार अभावमा उनको मृ’त्यु भएको मलेसियामा रहेका नेपालीहरुले वताएका छन ।

साथै एक उच्च स्रोतले दिइएको जानकारी अनुसार मृ’तक खिम बहादुर थापा स्वदेश फर्किनलाई एक नेपाली एजेन्ट (दलाल) कै शरणमा पुगेका थिए , भने मृतक थापाले स्वदेश फर्किनलाई ति नेपाली एजेन्टलाई भारी रकम समेत बुझाईसकेका थिए। तर थापा बिरामी छ्न भन्ने थाहा हुँदाहुँदै पनि ति एजेन्टले हस्पिटल भर्ना नगरेर क्वालालम्पुर कोतरायाको एक कोठामा राखेको थियो।

हुन त यस्ता घटना हरु मलेसियामा रहेका नेपाली एजेण्टहरु द्वारा बारम्बार हुने गरेका छ्न , तर सम्बन्धित निकायले समेत यस् बिषयमा गम्भीर रुपमा चासो नदिइदा र नेपालीहरु स्वयंम आफू पनि चनाखो नभैइदिदा नेपाली माथि यस्तो घटना घट्ने गरेको र मृ’त्युको मुखमा पुग्ने गरेको पाइएको छ। दिनेश खड्का खप्तडी


Last Updated on: July 23rd, 2021 at 11:43 am
१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया