शुक्रबार ०८ आश्विन २०७८

अब बालबालिकालाई मासिक ३ हजार रुपैयाँ शैक्षिक भत्ता !

काठमाडौं । बागमती प्रदेश सरकारले बालबालिकाहरुलाई मासिक ३ हजार रुपैयाँ शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०८९
को नीति तथा कार्यक्रममा कोरोनाका कारण आमाबावु नै गुमाएका बालबालिकाका लागि उक्त भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।
बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विष्णुप्रसाद प्रसाईले उक्त जानकारी गराउनुभएको हो । प्रदेश सरकारले कोभिड १९ को संकटबाट प्रभावित नागरिकको जीवनस्तरमा
सुधार ल्याउनका हरित उत्पादन, हरित, उत्थानशील, समावेशी विकास जस्ता असल अभ्यासहरुको आन्तरिकीकरण गरी सामाजिक तथा पूर्वाधार विकासका कार्यक्रममा कार्यान्वयनलाई
जोड दिएको छ ।


Last Updated on: July 23rd, 2021 at 4:48 pm
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया