मंगलबार १२ आश्विन २०७८

बाबुराम पुत्री मानुषीले पनि प्रदर्शन गरिन बेबी बम्प
July 23, 2021 17
19
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
नायिका प्रियंका कार्कीले आफू गर्भवती भएदेखि नै सामाजिक सञ्जालमा तस्बिरहरू सार्वजनिक गरेर गसिप बनिरहेकी छिन् । कार्कीले ताली र गाली दुवै खाइरहेकी छिन् ।

केही दिन अगाडी पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि प्रियंकालाई सपोर्ट गर्दै ‘पितृसत्ताको जालो च्यात्ने साहस’ भन्दै ट्विट गरे । भट्टराईले उक्त ट्विट मार्फत धेरै नकारात्मक गाली खानुपर्‍यो ।

अहिले उनै भट्टराईकी छोरी मानुषीले पनि बेबी बम्पको तस्बिर सार्वजनिक गरेकी छिन् ।

बाबुरामको यो ट्विटमाथि प्रतिक्रिया जनाउँदै माओवादीनिकट पूर्वसञ्चारकर्मी आस्था केसीले लेखिन्, ‘हजुरकी सुपुत्री मानुषी यमी भट्टराईलाई यस्तो सुन्दर कार्य किन नगराउनु भएको ? खोइ देखिएन त ? कस्ता कस्ता मान्छेलाई आदर्श नेता मानेर हिँडिएको रहेछ । मानिस सामाजिक प्राणी हैन र ? कि केही मानिसलाई पशुलाई जस्तो जे गरे पनि छुट र स्वतन्त्रता हुने हो ?’

आस्थाको यो ट्विटमाथि डा. भट्टराईकी पुत्री मानुषी यमी भट्टराईको जवाफ आएको छ । उनले ‘मेरो सुन्दर कार्य हेर्नु अब’ भन्दै आफ्नो गर्भवती भुँडीको पुरानो तस्बिर सेयर गरेकी छन् ।

उनी लेख्छिन्, ‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ? बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ? नेपाली कणहरू सारै रूढीवादी !’

बाबुराम पुत्री मानुषीले पनि प्रदर्शन गरिन बेबी बम्प

बेबी बम्पको तस्बिर सार्वजनिक गर्नेमा प्रियंका पहिलो नेपाली महिला होइनन् । यसअगाडि पनि धेरै महिलाहरूले बेवी बम्पका फोटोसूट गरेका तस्बिरहरू सार्वजनिक भएका थिए । तर प्रियंकाले लगातार तस्बिरहरू सार्वजनिक गर्नाले उनी चर्चामा आएकी हुन् ।

 


Last Updated on: July 23rd, 2021 at 4:54 pm
२७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया