शनिबार २३ मंसिर २०८०

वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै ७४ लाख ठगी
साउन ८, २०७८ –

recommended by
Mgid
Mgid

TESTOULTRA
Guys, You Need To Do This. Viagra Is Old News!
LEARN MORE
वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु घर भएका विकास भनेर चिनिने २४ वर्षीय विनोद भुसाल, कास्की घर भएका ३१ वर्षीय पुकार गुरुङ र कास्की नै घर भएका ३० वर्षीय प्रकाश गुरुङ रहेका छन् ।

पोखरा महानगरपालिकाको विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुले पटक–पटक गरी ७४ लाख ९ हजार ५ सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

recommended by
Mgid
Mgid

RAID: SHADOW LEGENDS
A Realistic Game That Is Blowing Up The Internet!
LEARN MORE
केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार कसूरदार बिनोद भुसालले संयुक्त राज्य अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी रु २५ लाख रुपैया ठगी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको पनि खुल्न आएको छ ।

पीडितलाई अमेरिकामा रहेकी भनिएकी दिव्या राणाले कृषी फर्ममा वर्किङ भिसा दिलाउँछु भनेर प्रलोभन देखाइ काठमाण्डौंमा रहेका बिनोद भुसालसँग सम्पर्क गरी भनेको र विनोद भुषालले विभिन्न व्यक्तिहरुको खातामा रकम समेत जम्मा गर्न लगाइ ठगी गरेको महतोको भनाइ छ ।

उनीहरुले अमेरिकन एम्बेसी, काठमाडौँको नक्कली कागजातहरु बनाई पीडितहरुलाई झुक्याई ठगी गरेको प्रहरीको भनाइ छ ।


Last Updated on: July 23rd, 2021 at 6:27 pm
३९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया