
पूजा शर्मा यी युवकको प्रेममा ! (तस्वीरसहित)
July 23, 2021
FacebookTwitterPrintMore
नायिका पूजा शर्माले आफू प्रेममा रहेको कुरा केही दिन अघि एक अन्तर्वार्तामा बताएकी थिइन् ।
नायिका प्रियङ्का कार्कीको कार्यक्रम चपचप डायरिज मार्फत उनले आफू प्रेममा रहेको र बिहे समेत गर्ने अभिव्यक्ति दिएकी थिइन् ।
सो अभिव्यक्ति दिएको केही दिन अघि मात्रै उनको नायक आकाश श्रेष्ठ सँग सम्बन्धमा चिसोपना आएको थियो ।
संयोग भनौँ कि के भनौँ उता आकाश सँग पनि सम्बन्ध बिग्रिनु यता अन्तर्वार्तामा पनि अरू नै युवक सँग प्रेममा रहेको खुलाउनु ।
यही कारण पनि केही दिन देखी उनको प्रेम सम्बन्धको खबर बर्खे भेल जसरी नै संचार माध्यममा आइ रहेको छ ।
साथै, पूजाको प्रेमी को हुन् भनेर दर्शकहरूले चासो पनि लिन थालेका छन् । बजारमा गाइँगुइँ हल्ला चले अनुसार पूजा अहिले युद्ध बानिया नाम गरेका युवक सँग प्रेममा छिन् भन्ने खबर बाहिरिएको छ ।
हालै पूजाले एक तस्बिर इन्स्टामा सार्वजनिक गरेकी छिन् ।
जसमा युद्धले आगोको इमोजी कमेन्ट गरेका छन् । यो एक तस्बिरमा मात्र हैन अन्य तस्बिरमा पनि बानियाले प्रेम भाव पोख्ने कमेन्ट गरेका छन् । साथै पूजाले पनि युद्धको हरेक तस्बिरमा प्रेम झल्काउने कमेन्ट गरेको देख्न सकिन्छ ।\