सोमबार ०१ कार्तिक २०७८

सुजिता भण्डारी जस्ले आफ्नै काकाको छोरासंग प्रेम गरिन…..
July 24, 2021
FacebookTwitterPrintMore
पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिइयो ।

प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताको आमा अम्बिका भण्डारीको जाहेरीले अभियुक्त सुकदेवलाई पक्राउ गरिएको जानकारी दिईन । गतअसार ११ गते घरबाट हराएकी सुजता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृतावस्थामा भेटिएकी थिइन ।

पक्राउ पर्ने सुकदेव र सुजिताको सम्बन्ध नाताले ठूलो बाको छोरा र काकाको छोरी भएपनि दुवैबीचको प्रेम सम्बन्ध रहेको अनुसन्धामा खुलेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्ध भएका उनीहरु एक अर्कामा टाढिएर बस्न नसक्ने जनाउँदै सुजिताले गरेको विवाह प्रस्ताब सुकदेवले अस्विकार गरेपछि घटना भएको प्रउअधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार उनी सुजिताका काकाका छोरा हुन्। ‘हाम्रो अनुसन्धानले उनीहरू दाजु-बहिनी (काकाको छोरा र छोरी) पर्छन्। उनीहरूको सम्बन्ध दाजुबहिनीको मात्रै सीमित नरही शंकास्पद देखिएको भनेर परिवारकै सदस्यहरूले चे’तावनी दिएको अनुसन्धानबाट खुलेको छ,’ इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी ईन्द्रबहादुर रानाले भने।

उनीहरू दुबै काठमाडौं गएर एकैसाथ बस्ने भनेर योजनासमेत बनाएको थापाले बताए। दिदीकोमा बस्ने भन्दै सुजिता काठमाडौंमा आएको र सचिनलाई कोठा खोज्न द’बाब दिएको अनुसन्धानमा खुलेको छ। परीक्षा दिएर खाली रहेको समयमा उनी दिदीकहाँ बस्ने भन्दै काठमाडौं पनि गएकी थिइन् । सुकदेव पनि काठमाडौंमै अध्ययन गरिरहेका थिए । त्यसपछि दिदीसँग नभइ उनी सुकदेवसँगै बसिन् । प्रेममा सुकदेवले पनि सँगै बस्न इन्कार गरेनन् ।

‘कोठा खोज्न दबाब दिएपछि उनीहरूसँगै बसेको देखिन्छ। र लामो समयको एकअर्का प्रतिको आकर्षणपश्चात सुजिताले सचिनलाई विवाह गर्न द’बाब दिएको र सामाजिक तथा नैतिक कठिनाइले गर्दा सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एकआपसको अ’पह’र’णको बहाना बनाएर कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएको खुलेको छ,’ रानाले भने।

असार ९ गते उनीहरुबीच विवाहका बिषयमा वि’वाद हुँदा सुजिताले ‘विवाह नगरे म’र्छु’ भनेको र सुकदेवले ‘जे गर्ने हो गर’ भनेको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै प्रहरीले बरामद गरेको सचिनको फोन र सुजिताको फोनमा भएको मेमोरी कार्ड पनि सामाखुसीस्थित ल्याबमा पठाएको र त्यसबाट डिलिट गरिएका तस्वीरहरू समेत पाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा थप अनुसन्धान अघि बढाएको छ।

मृतक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ । सुकदेव विरुद्ध देहत्याग दु’रुत्सा’हन अभियोगमा मुलुकी अ’परा’ध सं’हिता २०७४ परिच्छेद १२ ज्या’नस’म्ब’न्धि कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्ष कैद र रु ५० हजारसम्म जरिवानाको माग दावि प्रहरीले गरेको छ ।


Last Updated on: July 24th, 2021 at 12:12 pm
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया