सोमबार ०१ कार्तिक २०७८

पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको आरोपबारे सलमानले दिए यस्तो जवाफ
2021, July 23rd, Friday
admin 44 Views

119
Shares
facebook sharing button Sharetwitter sharing button Tweet

सलमान खान पछिल्लो समय सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका थिए ।
उनले पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको हल्ला फैलिएको थियो । सलमानले भर्खरैमात्र आफ्ना भाई अरबाज खानको टक शो ‘पिन्च टु’ टुमा यस्तो आरोपबारे खुलेर जवाफ दिएका छन् ।

यस शोमा आउने अतिथीहरुले ट्रोलर्स र उनीह रुले गरेका टिप्पणीमाथि प्रतिक्रिया दिन्छन् । अरबाजले यस्तै एक ट्रोल कमेन्टबारे प्रश्न राखे । जहाँ लेखिएको थियो,‘कहाँ लुकेको छस्, डर पोक । भारतमा सबैलाई थाहा छ कि तँ दुबईमा आफ्नी श्रीमती नूर र १७ वर्षकी छोरीसँग बस्छ न् । भारतका मानिसहरुलाई कहिलेसम्म मुर्ख बनाउँछस्

सलमानले यस अफवाहलाई खारेज गर्दै भने,‘यो सबै बकवास हो । उनले कसका बारे टिप्पणी गरेका हुन् र कहाँ पोस्ट गरे भन्ने मलाई थाहा छैन । म उनलाई भन्न चाहन्छु, ‘भाई मेरी पत्नी छैनन् ।’

म ९ वर्षको उमेरदेखि भारतमा ग्यालेक्सी अपार्ट मेन्टमा बस्दै आएको छु । मैले यी व्यक्ति लाई जवाफ दिन गइरहेको छैन । म कहाँ बस्छु भनेर पुरै भारतलाई थाहा छ ।’

सोशल मिडिया सल्लाहकारका रुपमा कैटरिया कैफ वा दिशा पटानीमध्ये कसलाई राख्न चाहनु हुन्छ भनेर पनि शोमा उनलाई सोधिएको थियो ।

उनले कैटरिनाको नाम लिए । उनले सामाजिक सञ्जालमा कैटरिनाले निकै समझदारीपूर्वक पोस्ट गर्ने गरेको बताए! एजेन्सि

तपाईको प्रतिक्रिया


Last Updated on: July 24th, 2021 at 1:33 pm
३८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया