सोमबार ०८ कार्तिक २०७८

माइतीघरमा युथ फोर्सले गरेको फोहोर सफा गर्दै डा. केसी
July 24, 2021 4
नेकपा एमालेको केपी ओली निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रममा माइतीघरमा गरिएको फोहोर डा. गोविन्द केसी लगायतका सफा गरेका छन् ।

माइतीघरबाट सुरु भएको युथ फोर्सको मार्चपास नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुन:बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुगेर अन्त्य भएको थियो ।

मार्चपासका क्रममा माइतीघर मण्डलामा बाटो भरी बोतल, क्याप, कपडा, चुरोटको ठुट्टाहरु फ्याँकिएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताए ।

माइतीघरमा बिपी प्रतिष्ठानमा हुँदै गरेको आन्दोलनको समर्थनमा डा गोविन्द केसी, मिलन पाण्डे लगायतका केही अभियान्ताहरु भेला भएका थिए । उनीहरूले आफ्नो कार्यक्रम सकाएपछि युथ फोर्सले गरेको फोहोर सङ्कलन गरेर माइतीघर सफा पारेका छन् ।

माइतीघरमा युथ फोर्सले गरेको फोहोर सफा गर्दै डा. केसी


Last Updated on: July 24th, 2021 at 7:33 pm
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया