आइतबार १७ मंसिर २०८०

कतारमा हुनेलाई खुसीको खबर, बढ्ने भो यति तलब..
July 25, 2021 13
काठमाडौँ — कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई पुन हेरफेर गर्न राजी भएको समाचार आएको छ ।

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको थियो । यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ ।

उक्त तलबलाई वृद्धि गर्ने कुरामा कतार सरकार सकारात्मक भएको भनिएको छ ।

अन्तरास्ट्रिय मिडिया अनुसार सबै कम्पनीले अनिवार्य रुपमा न्यूनतम तलबलाई कार्यान्वयनमा ल्याउनुपर्छ । खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको आएको छ ।

यो तलब कतारमा कार्यरत र नया भिसा लिई जाने सबैको हकमा लागू गरिने समेत बताएको छ ।

बिश्वकप फुटबल २०२२ कतारमा हुने भए संगै कतारले श्रमिकहरुको लागि नियममा परिवर्तन ल्याउदै श्रमिकको लागि उपयुक्त गन्तब्य बनाउदै आएको छ ।

कतारस्थित नेपाली दूतावासले सबै श्रमिकले कतार सरकारद्वारा तय गरिएको न्यूनतम तलब पूर्ण रुपमा पाउनेमा विश्वास गरेको जनाएको छ ।

यता नेपाल सरकारले बैदेशिक रोजगारिमा जानेहरुलाई मध्यनजर गर्दै कोरोनाको खोप दिन सुरु गरेको छ । हरेक जिल्लामा बिदेश जानेहरुका लागि खोप दिन थालिएको हो ।


Last Updated on: July 25th, 2021 at 11:18 am
२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया