सोमबार ०१ कार्तिक २०७८

सङ्खुवासभाको मादी नगरपालिका–९ मा गाई का’टेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मादी–९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी रहेका छन् ।

मादी–९ स्थित दमाई खोल्सामा गाई का’ट्दै गरेको अवस्थामा उनीहरुलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताउनुभयो । प्रक्राउ परेको सबै जनामाथि गौ’वधसम्बन्धी मु’द्दा चलाएको प्रहरीले जनाएको छ । सो मुद्दामा तीन वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ ।

“ठुलो बुवाको छोरा,सँग प्रेम, सँगै बस्न नपाउँदा, प्राण त्यागेको खुलासा”

“सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले उनको आफ्नै ठूलो बुबाको छोरालाई पक्राउ गरेको छ । चितवन प्रहरीले आज (शुक्रबार) पत्रकार सम्मलेन गरी घटनाबारे जानकारी दिएको हो । मृतक सुजिताको पृष्ठभूमिलगायत अन्य गतिविधिको सुक्ष्म अनुसन्धान गर्ने क्रममा ठूलो बुबाको छोरा सचिन भनिने शुकदेव भण्डारीसँग अनैतिक सम्बन्धले घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिएका छन् ।”

“उनका अनुसार सुजिता पढ्नका लागि काठमाडौंमा ‘दिदीको घर जान्छु’ भनेर गएको र केही दिनपछि शुकदेवलाई अलग्गै कोठा खोज्न लगाई सँगै बसेको अनुसन्धानमा देखिएको प्रहरीको दाबी छ । सुजिता पढ्नका लागि काठमाडौं जाने योजना र शुकदेवसँग सँगै बस्ने योजना बनाएको देखिन्छ’, प्रहरी उपरीक्षक अधिकारीले भने ।”

“शारीरिक सम्बन्ध भएपछि नैतिक तथा सामाजिक डरले सुजिताले पटक–पटक बिहे गर्न दबाब दिँदै आएको र उनीहरूले विभिन्न विकल्प खोजेको प्रहरीको अनुसन्धानले देखाएको छ । ‘उनीहरूले कि विदेश गएर सँगै बस्ने योजना बनाएको या अपहरणको नाटक गरी कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएको देखिएको छ’, अधिकारीले भने ।”

“दुई जनाबीच बिहेको बिषयमा विवाद हुँदा असार ९ गते सुजिताले ‘मर्छु’ भनेर घुर्की देखाएको र शुकदेवले जेसुकै गर भनेपछि उनीहरूबीच त्यो दिनबाट दोहोरो संवाद नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । काठमाडौंबाट प्रहरीले असार ७ गते साँझ शुकदेवलाई पक्राउ गरी थप अनुसन्धानको अघि बढाइएको जनाएको छ । चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।”

“शुकदेवविरुद्ध आ”त्महत्या दुरुत्सा,हनको जा,हेरी

आफ्नी छोरी सुजितालाई आ त्मह त्या गर्न बाध्य बनाएको भन्दै सुजिताकी आमा अम्बिका भण्डारीले जाहेरी दिएकी छिन । जिल्ला प्रहरी कार्यालय चितवनमा उनले असार ६ गते शुकदेवको नाममा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।”


Last Updated on: July 25th, 2021 at 11:51 am
३७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया