सोमबार ०८ कार्तिक २०७८

श्रीमानले सासुको खातामा पैसा पठाए, श्रीमतीले ४ छोरी सहित पोखरीमा हाम फालिन्
July 25, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
एजेन्सी । पैसा र धनसम्पत्तीका लागि आफ्नै सन्तानको माया मा र्न पनि आमाले सक्छिन् भन्ने उदाहरण भारतको बिहारको गोपालगंजमा देखिएको छ । एउटा सानो कारणले एक आमाले आफ्ना तीन सन्तानलाई संसारवाटै विदा गरिदिइन् । श्रीमान्ले आफुले कमाएको पैसा श्रीमतीको खातामा नपठाएर आफ्नो आमाको खातामा पठाउँथे । विवाद यति बढ्यो की उनले आफ्नै सन्तानलाई नै संसारवाट विदा गरिदिने योजना बनाइन् ।

जानकारीका अनुसार जुलाई २४ मा ती महिला दुखी भइन् किनभने पतिले उनको खाताको सट्टा सासूको खातामा पैसा पठाएका थिए। उनका श्रीमान् संग झ ग डा भएपछि, नूरजहाँ नाम गरेकी ति महिला चारजना छोरीका साथमा आफ्नो भाईको घरमा जाने निर्णय गरिन् । तर छोरीहरु मामा घर जान मानेनन् । उनले छोरीहरुलाई या त ना दिइन् । आमाको डरले उनीहरु घरवाट हिँडे ।

छोरीहरु गौरा गाउँ नजिकको पोखरीमा पुगेपछि नूरजहाँ सबै छोरीहरूलाई पानी पिउने बहाना बनाएर उनीहरुलाई पोखरी किनारमा लगिन् । त्यसपछि उनले सबै छोरीहरुलाई एक एक गर्दै पोखरीमा फा लि दिइन् । अनि आफु पनि पोखरीमा हाम फा लिन् । संयोगवश केही गाउँलेहरूले यो घटना देखे। उनले कुनै तरिकाले नूरजहाँ र एक बालिका फरमानलाई सकुशल बाहिर निकाले । तर तीन छोरीको भने निधन भइसकेको थियो । गुलाब सा, नर्सब्बा र तैयबाको निधन भइसकेको थियो ।

काभलराही गाउँका असलम आलम बिहारमा काम गर्छन्। गाउँमा उनकी आमा अले खातुन र उनकी श्रीमती नूरजहाँ चार छोरीहरू गुलाब सा, नर्सब्बा, तैयब्बा र अफ्रान बस्थे । नूरजहाँकी सासु अले खातुनले भनिन् की उनले मेरो खातामा छोराले पैसा पठाउँथे । जसका कारण नूरजहाँ विवाद गरिरहन्थिन् । अहिले उनी पक्राउ परेकी छन् ।


Last Updated on: July 25th, 2021 at 4:39 pm
१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया