मंगलबार २३ जेठ २०८०

काठमाडौ कोरोना’को कहरमा नेता चिन्ने अव’सर पनि जनतालाई प्राप्त भएको छ । केही नेताले जनताको पक्षमा काम गरिरहेका छन् भने केहीले भने यही हो मौका भन्दै पैसा जोहो गर्ने गरेको पाइएको छ ।

यस्तै एक उदाहरणीय काम सुनस’रीको वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले गरेका छन् । उनले जनता बाँचे न राजनीति गर्ने भन्दै आफूले चढ्दै आएको गाडी’लाई एम्बुलेन्सको विकल्पका रुपमा प्रयोग गर्ने अनुमति दिएका छन् ।

नगरप्रमुख खनालसँगै प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेल चढ्ने गाडी पनि एम्बुलेन्स’का रूपमा प्रयोग गरिने निर्णय गरिएको छ । तीव्र रुपमा बढिरहे’को कोरोना भाइरसको अवस्थालाई मध्यनजर गर्दै नगरमा आइ’परेको खण्डमा नगर प्रमुखको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने नगर प्रमुख खनालले जानकारी दिएका छन् ।

बराहक्षेत्र नगरपा’लिका क्षेत्रभित्र बिरामीको उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन था’लेको खबर आएको थियो । यस्तो सुनेपछि प्रमुखले चढने गाडि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

नागरिकले एम्बुलेन्स नपाएको अवस्थामा ना’गरिककै करबाट किनिएको सरकारी गाडी नागरिककै सेवाका लागि तयारी अवस्थामा राखेका छौं, नगर प्रमुख खनालले भने, ‘जनता रोगले छटपटाउँदा हामी गाडीमा चढेर हिंड्न नैतिक रुप’मा सक्दैनौं, नगर प्रमुखको हिसाबले सबै नागरिकको जिम्मेवारी यतिबेला हामीले लिनुपर्ने अवस्था आएको छ ।’ गाडीमा अक्सिजन सिलिण्डरको व्यवस्थापन समेत गर्ने तयारी भइरहेको नगर प्रमुख खनालले जानकारी दिए ।


Last Updated on: May 7th, 2021 at 11:15 am
१८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया