
काठमाडौं ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ ।
recommended by
Mgid
Mgid
RAID: SHADOW LEGENDS
Realistic Game That Exploded The Internet!
LEARN MORE
निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।
शनिवार त्रिभुवन अन्तराष्र्टिय विमानस्थलको दृष्य अलि फरक थियो । विमानस्थल परिसरमा बैदेशिक रोजगार एवं अन्य कामको सिलसिलामा विदेश गएकाहरु प्राय खुसी लिएर आउथे ।
तर, शनिवारको दृष्य विल्कुल फरक थियो । कामको शिलसिलाम मलेशिया गएका मध्ये विभिन्न कारणले मृत्यु भएका २४ जना नेपालीहरुको शब ल्याईको थियो । परिवारमा खुसी ल्याउछु भन्ने वाचा गर्दै गएकाहरु बन्द बकासमा मृत फर्किएका थिए भने तिनको आफन्तहरु शोकाकुल थिए ।
शबको प्रतिक्षामा रहेका आफन्तहरु प्लाष्टिकले छोपिएका शवको बाकस देख्ने बित्तिकै बाकसमै अंगालो हालेर भक्कानो छाडिरहेका थिए । कसैका आमा त कसैका श्रीमती त्यही बाक्कसलाई ग्वाम्लाङ अंगालो हालेर रुँदै थिए ।
यसै क्रममा क्याप्टेन विजय लामाले आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, एक हप्ता भित्र मलेसिया बाट ३७ वटा शवहरु, तिनवटा अस्ति र अझै अर्को १८ वटा ल्याउनुनै छ बाकी!!!मनमा धेरै दुख लाग्दा लाग्दै पनि बाध्य छौ ल्याउनलाइ। देशको स्थितिनै यस्तै छ! धनी र ठुला बडाहरुलाइ मात्र हो त यो देश कि सबैलाई हो?
मलेशियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका यात्रुसगै, आज मेरो उडान फ्लाइट नम्बर आर ए ४१६मा, रोजगारीको क्रममा कोभिड – १९ बाहेकको अरु विभिन्न कारणले ज्या’न गु’माएका नेपाली दाजुभाइको २४ वटा शव तथा ३ वटा अस्तु पनि ल्याएका थियौ हामिले। अझै अर्को उडानमा पनि १८ वटा शव ल्याउनु बाकी छ रे!!!
विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदिबहिनीको शव ल्याउदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न।
तथ्यांकमा मात्र सिमित हुने त होला देशको सरकारको निमित्त तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ! अब पनि पुगेन देशलाइ बरबाद पार्दै नेपाली जनतालाइ बिदेश जान बाध्य बनाउने गरि एक आपसमा झगडा गर्न??? यति देखे पछि त केही गर्नु नि देश र जनताको लागि!!! आफ्नो अनि पार्टीको स्वार्थ भन्दा माथी उठ्न सकिन्न र?? तस्विर, राजधानी दैनिक र विजय लामाको वाल बाट/हेरौं केही टिठ लाग्दा तस्विर ।