शुक्रबार १९ जेठ २०८०

बैशाख, बैतडी– बिवाहको मण्डबमा घुमीरहेका बेला अग्नी साँचि राखेर संगै मेर्न, संगै बाँच्ने कसम हर जोडिले खाने गर्छन । तर यो कसम लाखौमा एक–दुईको मात्रै चरितार्थ हुन्छ । बैतडीको दोगडाकेदारका–२ मल्लाढीकका प्रेमील एक बृद्ध दम्पत्तिको पनि यस्तै मरण भएको छ, बिवाहको मण्डबमा कसम खाएजस्तै !

०७८ साल बैशाख २२ गते साँझ दोगडाकेदार गाउँपालिका– २ मल्लाढीक, अथरीयाँका ९४ वर्षीय भानसिंह कुंवर र उनकी ९२ वर्षीया जीवन संगीनी नन्दा कुंवर संगै सुतेका थिए । २२ गते साँझ गफ गर्दागर्दै भानसिंहले संसार छोडे, जिवनका सहयात्रिले संसार छोडेपछि संयोगबस नन्दाको पनि एक घण्टाको फरकमा स्वर्गवास भयो । यो संयोग थियो, दुबैले एकै चितामा जल्न पाए ।

SUGGESTED NEWS
Mgid
Mgid

Want To Lose 16 Kg In The Abdominal Area In 2 Weeks?
Ketoadvanced

What If Covid-19 Hit Disney?
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
गाउँलेहरुले भन्छन् उनि एक अर्कालाई निकै प्रेम गर्थे, जहाँ गयो संगै जान्थे, हरेक काम संगै गर्थे त्यसैले उनको मरण पनि संगै भयो । बुढा कही गए, बढी नलगि जादैनथै निकै प्रगाढ थियो कुंवर दम्पत्तिको प्रेम र अन्त पनि त्यस्तै प्रगाढ भयो । भानसिहले खाना नखाई आफु समेत खाना नखाने नन्दा दुई महिना अधि देखि सामान्य बिरामी भएपनि भनसिंहले नमरी मरिनन् ।

कुंवर दम्पत्तिका नाती चक्रबहादुर कुंवर भन्छन् ‘बाजेले खाना नखादा सम्म आमा पनि खाना खादैनथे, एक अर्कालाई निकै प्रेम गर्थे ।’ उमेरले नेटो काटीसेका कुंवर दम्पत्ति गाउँमा सबैभन्दा पाका थिए । जिन्दगीभरी खुसि र एक अर्काप्रति अगाढ प्रेम भएरै होला उनि सताब्दी पुगनपुग बाँचे । उनि गाउँमा अरु दम्पत्तिका लागि पनि प्रेरणका श्रोत हुन् ।

बुढाबुढी मिलेर बस्नुपर्छ भन्ने उनको भावना थियो । त्यसैले मजाकमा बाहेक कहिले भानसिह र नन्दाको झगडा भएन् । भानसिंह र नन्दाका दुई छोरी र एक छोरा छन् । उमेर पुरा खाईसकेकाले बुबाआमाको खुसिले मुक्त भएको उनको बुझाई छ । बिरामी भएर धेरै समय कसैले केयर गर्नु परेन उनिहरुलाई, एक अर्काको अगाढ प्रेम र मायामा बाँचेका कुंवर दम्पत्तिको जस्तै मरण सायदै कसैको हुन्छ ।


Last Updated on: May 7th, 2021 at 11:19 am
५३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया