आइतबार १९ मंसिर २०७८

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा
साउन ११, २०७८ –

recommended by
Mgid
Mgid

TESTOULTRA
Stop Disappointing In Bed – Try This Simple Method Tonight!
LEARN MORE
११ साउन, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

कलेजमा नयाँ व्यवस्थापन आएपछि विगतमा खाइपाइ आएको सेवा सुविधा कटौती भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

recommended by
Mgid
Mgid

RAID: SHADOW LEGENDS
Realistic Game That Exploded The Internet!
LEARN MORE
नयाँ व्यवस्थापनले पुरानो कर्मचारी विनियम खारेज गरेर नयाँ लागू गरेको र त्यसमा कर्मचारीको सेवा सुविधा कटौती गरिएको कर्मचारीहरुले बताएका छन् ।

सोमबार केही कर्मचारीलाई अस्पताल प्रवेशमा नै रोक लगाएपछि उनीहरुले गेटमै धर्ना दिएर नाराबाजी गरेका छन् ।

परीक्षण काल पूरा गरेका कर्मचारीलाई डेढ वर्षपछि स्वतः स्थायी गर्नुपर्नेमा नगरेको, कर्मचारीलाई आधा तलब मात्र दिएको, उपचार सुविधा नदिएको भन्दै कर्मचारीले आन्दोलन गरेका हुन् ।

काठमाडौं मेडिकल कलेज व्यवसायी डा. सुनील शर्माले खरिद गरेपछि कर्मचारीको सुविधा खोसिएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।

हेर्नुहोस् तस्वीरहरु


Last Updated on: July 26th, 2021 at 3:49 pm
५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया