सोमबार ११ आश्विन २०७८

तमिल बिग बोस मार्फत चर्चामा आएकी अभिनेत्री याशिका आनन्द सडक दुर्घटनाको शिकार भएकी छिन् । याशिका दुर्घटनामा परि गंभीर घाईते भएकी छिन् । उनी संगै रहेकी साथी बल्लिभेट्टी भवानीको घटनास्थलमै ज्यान गएको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

Our Top 10 Perfectly Timed Animal Pictures
Hotstuv.Com

अष्ट्रेलियाको सिड्नी जाने एकतर्फी हवाई भाडा सुन्दा तपाइँकाे सातो जानेछ…
प्रत्यक्षर्शीका अनुसार ओभरस्पीडमा एक एसयुबी इसीआर रोडमा गईरहेको थियो । कारले सेन्टर मीडियनको ठक्कर दियो र सडक किनारमा गएर पल्टिएको थियो । घटना लगत्तै केही ब्यक्तिहरु कारमा सवार ब्यक्तिहरु लाई बचाउन गएका थिए ।

यशिकाको हात, खुट्टा, हिपमा फ्याक्चर भएको छ । प्रत्यक्षदर्शीका अनुसार यशिकाले यात्रा गरिरहेको एसयुभी कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको थियो । डिभाइडरमा ठोक्किएपछि कार सडकछेउ खाल्डोमा खसेको थियो । यशिकासमेत ३ जनालाई स्थानीयले दुर्घटनाग्रस्त कारबाट बाहिर निकालेका थिए ।

तीनै जनालाई नजिकको अस्पताल लगिएको थियो । यशिकाकी साथी वल्लीभेट्टी भवानी कारभित्र नराम्रोसँग फसेकी थिइन् । उनलाई बचाउन उद्धारकर्मीको प्रतिक्षा गरिएको भए पनि उनको घटनास्थलमै मृत्यु भयो ।

घटनापछि यशिकाका पिता दिल्लीबाट चेन्नइ गएका छन् । भवानीको शवलाई चेंगलपेट अस्पतालमा अटोप्सीको लागि पठाइएको छ ।

पुलिसले नशाको अवस्थामा गाडी चलाएर दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ ।


Last Updated on: July 26th, 2021 at 4:07 pm
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया