सोमबार ११ आश्विन २०७८

कु’ टपि ट भएको पाँच दिनपछि मात्र पक्राउ
July 26, 2021 13
पथरी- मोरङको पथरीशनिश्चरे–४ की वर्षा दर्जी (कंसाकार) कु’ टपि’ ट भएको बारेमा समाचार विभिन्न मिडियाहरुमा आएपछि घट्ना भएको पाँच दिनपछि बल्ल आइतबार मुद्दा दर्ता भएको छ । जग्गाको सिमानामा घाँस का’टे को निहँुमा साउन ६ गते साँझ छिमेकी डिल्ली नेपाल र उनको पत्नी हेमा नेपालले ४२ वर्षीय वर्षा दर्जीलाई कु’ टपि’ ट ग’ रे का थिए । कु’ टपि टबाट वर्षाको टाउको, अनुहारमा नि’ल’डा’म देखिएको छ । वर्षा विराटनगरको नोवेल अस्पतालमा सीटी स्क्यान गराई पथरीको मोरङ हस्पिटलमा उपचार गराइरहेकी छिन् ।

 

कु’ टपि ट भएको साँझ घटनास्थलबाट भागेर प्रहरीलाई गुहार माग्दै हिलो र रगत पक्ष भएर इलाका प्रहरी कार्यालय पथरी आएकी थिइन् । यद्यपि इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कृष्ण खड्काले मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि नबढाएकाले आफूलाई असुरक्षा बढेको पीडित वर्षा दर्जीले बताउदै आएकी थिइन् ।

 

उक्त विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि प्रहरीले आइतबार (साउन १०) गते जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता गरेको बताएको छ । त्यहाँबाट हप्ता दिनको लागि म्याद थप भएको बुझिएको छ । यद्यपि वर्षा दर्जीलाई कु’ टपि’ टका आरोपित डिल्लीराम नेपाललाई रुद्र पोखरेलले मोटरसाइकलमा इलाका प्रहरी कार्यालय पथरीमा ल्याइ दिएको पीडित वर्षा दर्जीले बताइन् । प्रहरीले आफूमाथि म’र णासन्न हुनेगरी कु’ टपि’ ट गर्ने नेपाललाई सम्मानित र आफूलाई हप्कीदप्कीको व्यवहार गरेको वर्षाको भनाइ छ ।

 

आफू उपचार गराइरहेको मोरङ हस्पिटलमा आइतबार बिहान दुई जना प्रहरी आएर तीन वटा कागजमा हस्ताक्षर गर्नु भनेपछि अध्ययन वा सुनेर गर्ने भन्दा हतार छ भन्दै अध्ययन गर्न नदिइ हस्ताक्षर गराएको बर्षाको दुखेसा छ । वर्षाको नजिकै बेडका अर्का कुरुवालाई साक्षीको रुपमा देखाउँदै सुनेर हस्ताक्षर गर्छु भन्दा प्रहरीले अपशब्द प्रयोग गरेको उनले बताए ।

 

यस विषयमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी खड्काले भने सर्जिमिन मुचुल्कामा हस्ताक्षर गराएको बताए । सर्जिमिन मुचुल्कामा को को साँक्षी छन् र कस्तो मुचुल्का उठाइयो हेर्न पाउनुपर्ने बर्षाको भनाइ छ । मुद्दामा जाहेरी पत्र, सर्जिमिन मुचुल्का र बयान नै मुख्य प्रमाणको रुपमा लिइन्छ ।

 

यद्यपि डीएसपी खड्का भने त्यो कसरी कु’ टपि’ ट भएको हो भन्ने सामान्य कागज भएको बताउँछन् । यो घट्नामा प्रहरीले तत्काल एक्सन नगरेर सामान्य रुपमा लिंदा एकआपसमा शंका उपशंका बढ्दै गएको देखिन्छ । डीएसपी खड्काले सामाजिक रुपमा मिल्ने कुरा आइरहेपछि तत्काल मुद्दा दर्ता नगरेको बताए । पीडित बर्षा दर्जी भने प्रहरीले आफूलाई सहयोग नगरेको पीडक पक्षसँग खुसामत गरिरहेको आरोप लगाउदै आएकी छिन् ।


Last Updated on: July 26th, 2021 at 5:45 pm
१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया