
एक नेपालीका ससुरा हुन् जापानका नयाँ प्रधानमन्त्री ! थाहा पाउनुहोस् को हुन् त्यी नेपाली:
यही हप्ता जापानले नयाँ प्रधानमन्त्री पायो । लिबरल डेमोक्रयाटिक पार्टीका योशिहिदे सुगालाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको सुगाले नयाँ प्रधानमन्त्रीको जिम्मेवारी पाए ।
निबर्तमान प्रधानमन्त्री सीन्जो आवेका बिश्वास’पात्रका रुपमा रहेका सुगा पार्टीका दुई तिहाइ नेताको समर्थनमा प्रधा’नमन्त्री उम्मेद्धार सिफारिस भएका थिए ।
प्रधानमन्त्रीको दौडमा फुमि’यो किसिदा, पूर्व रक्षामन्त्री सिगेरु इसिवा रहेका थिए । धेरैलाई थाहा नभएको तथ्य जापानका नयाँ प्रधा’नमन्त्री एक नेपालीको नातामा सम्धी पर्दछन् ।
जापानका प्रधानमन्त्री सुगा
उनी जापानमा रहेका नेपाली व्यबसायी तथा एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्टका श्रीमतिका काका हुन् । भट्टका काका ससुरा प्रधानमन्त्री भएपछि नेपाली’का एक ससुरा जापान’को प्रधानमन्त्री बने ।
भट्टले जापानी चेली मियको लाई विवाह गरेका छन् । उनीहरुका दुई छोरी समेत रहेका छन् । जापानजस्तो शक्तिशाली देशको प्रधानमन्त्री एउटा नेपाली’को नाता’गोतामा पर्नु आँफैमा महत्वको बिषय भएको नेपाली बृत्तमा चर्चा छ । सुगा श्रीमती मि’यको भट्टको साख्खै काका हुन् ।
सुगासँग भट्टको व्य’क्तिगत सम्बन्धका कार’ण यसबाट नेपालले प्रत्यक्ष लाभ लिन सक्नेछ । डिसीनेपालसँग कुरा गर्दै भट्टले सुगा आफ्नी श्रीमती’का काका पर्ने भएको पुष्टि गरे । यसअघि सुगा गृहमन्त्री भएका बेला भट्टले उनलाई प्रत्य’क्ष रुपमा भेटेका पनि थिए ।
सुगा प्रधानमन्त्री बनेपछि नेपाललाई के फाइदा होला भन्ने डिसीनेपालको प्रश्नमा भट्टले भने ‘उहाँ प्रधानमन्त्री हुँदा व्यक्तिगत रुपमा मलाई त धेरै नै खुसी लागेको छ ।
यसबाहेक ठूलो अर्थत’न्त्र भएको देश जापा’न, जसले नेपालसहितका देशहरुलाई सहयोग समेत गर्दै आएको छ, त्यहाँको प्रधानमन्त्री मेरो आफन्त नै पर्दा पक्कै पनि त्यहाँ’बाट प्राप्त हुने सहयोग बढ्नेछ । नेपालले अझै धेरै क्षेत्रमा लाभ दिन सक्नेछ ।’
जापानको सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीले उनलाई नयाँ प्रधानमन्त्री छानेको छ । सोमबार भएको निर्वाचनमा सुगा प्रधानमन्त्री छानि’एका हुन् । सुगा यसअघि ८ वर्षसम्म क्याबिनेट सचिव पनि थिए । सुगालाई यसअघिका प्रधान’मन्त्री शिन्जो आबेका निकट मानिन्छ ।