
पूर्व ब्रिटिस गोर्खा सैनिक परिवारकी नेपालकी चेली रेबेका राई बेलायतका सोलिसिटर्स (वकिल) बन्न सफल भएकीछिन् । पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ हाल अक्सफोर्डसायरको बानबुरी गाउँमा बस्दै आएकी रेबेका गत हप्ता मात्र एसआरएबाट सोलिसिटर्स बनेकी हुन् ।
रेबेका गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट जिटिआरमा २० बर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम राई र तारा राईकी एकल छोरी हुन् । रेबेका बेलायती सोलिसिटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटर्स (वकिल) बनेकी हुन् ।
रेबेकाको परिवारमा बुवा भिम राई आमा तारा राई र दाई डा.जेनेश राई छन् । रेबेकाको दाई पनि डा.जेशन लिभरपुल युनिभर्सिटिबाट सन् २०१३ मा चिकित्सक बनेका हुन् । डा. जेसन अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ बर्षे (कोलोरेक्टल सर्जनको तालिममा छन् । रेबेकाले बहुचर्चित क्विनमेरी युनिभर्सिटी लण्डनदेखि सन् २०१५ मा अंग्रेजी कानुनमा (प्रथम श्रेणी) डिग्री हासिल गरेकी थिईन् ।
त्यसपछि सन् २०१६ मा सिलभरडेल सोलिसिटर्स म्यानचेस्टरमा प्यारा लिगलको तालिम लिएकी थिईन् । सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुलबाट लिगल प्राक्टिस कोर्स एलपिसी गरेकी उनले अर्को बर्ष सन् २०१८ मा एभरशेड सोलिसिटर्स बर्मिङघाममा प्यारा लिगलको तालिम लिएकी छन् ।
लिभरपुलबाट बिजिनेसमा मास्टर्स गर्दै गरेकी रेबेकाले सन् २०१९ बाट बाराट एन्ड कोल फर्म रेडिङदेखि दुई बर्षे ट्रेनी सोलिसिटर्स गरेकी छन् १० जुलाई १९९४ मा बेलायती सैनिक अस्पताल हङकङमा जन्मिएकी रेबेकाले सन् १९९५ मा हङकङ छाडेर ५ बर्ष काठमाण्डौंमा बिताइन् र सन् २००० मा बेलायत पुगेकी हुन् छोरा छोरीको प्रग्रति प्रति पूर्व ब्रिटिस गोर्खा सैनिक बुबा भिम राईले निकै खुसी व्यक्त गर्नुभयो । आज छोराछोरी हुनुमा आफु निकै गर्भ गर्न लायक भएको बताउनुभयो पूर्ण पुस्टि बाट।