सोमबार ११ आश्विन २०७८

इजरायल जान लागत १ लाख ६५ हजार, तलब करिब २ लाख , यसरी दिनुहोस् आवेदन !
समाचार
July 27, 2021Admin2Leave A CommentOn इजरायल जान लागत १ लाख ६५ हजार, तलब करिब २ लाख , यसरी दिनुहोस् आवेदन !
साउन १२, काठमाडौँ | सरकारले सरकारी प्रक्रियाबाट इजरायलमा नेपाली कामदार पठाउने औपचारिक सूचना जारी गरेको छ । सरकारीले इजरायलले एक हजार नेपाली कामदार माग गरे बमोजिमको सूचना जारी गर्दै इजरायल रोजगारको लागि लाग्न सक्ने लागतको बारेमा समेत स्पष्ट जानकारी दिएको छ ।

जानकारी अनुसार बिभिन्न आठ शिर्षकमा खर्च गर्नुपर्ने हुन्छ । खर्च शिर्षकमा पासपोर्ट बनाउँदादेखि इजरायल रोजगारमा जाँदासम्मको खर्चको शिर्षकहरु उल्लेख छन् ।

इजरायल जाने कामदारले हवाई भाडा आफैले तिर्नुपर्ने हुँदा नेपाल-इजरायलको एकतर्फी हवाई भाडा करिव १ लाख ४० हजार लाग्नेछ । त्यस्तै बिमाको लागि पाँच हजार लाग्छ ।

आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ।आवेदकको उचाई कम्तिमा १.५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्ने छ। आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सि.एम.ए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ।

आवेदकको पासपोर्ट म्याद समाप्त हुँन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्ने छ। आवेदक विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्ने छ।

आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ। आवेदक लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा नलागेको हुनुपर्ने छ।

 

 

 


Last Updated on: July 28th, 2021 at 2:22 am
४८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया