बिहिबार ११ आश्विन २०८०

पुर्वी नवलपरासीको कावासोती नगरपालीका १२ पिठौलीस्थित वाइज भिजन स्कृलका प्रधानाध्यापक विद्यालयको गाडि लिएरै सर्वसाधारणको सेवामा खटिएका छन् ।

उनले विद्यार्थी बोक्न प्रयोग गर्ने गाडी बिरामी ओसारपसारमा प्रयोग गरेका हुन् । गाउँमा लकडाउनका कारण अन्य रोगका बिरामीलाई अस्पताल पुग्न समस्या भएको तथा कोरोना संक्रमितको संख्या बढदै जांदा संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकाले विद्यालयको गाडी प्रयोग गर्ने निधो गरेको विद्यालयका प्रध्यानाध्यापक तिलकचन् सापकोटाले बताए ।

संक्रमितलाई अन्य सवारी साधनले अस्पताल वा आइसोलेशनमा पु¥याउन आनाकानी गर्ने तथा महंगो शुल्क असुल्ने गरेको सुनेको बताउँदै पिठौलीका स्थानीयलाई सहजता प्रदान गर्न आफैं गाडी हाँक्न सुरु गरेको उनको भनाइ छ ।

कोरोना महामारी नहट्दासम्म आफ्ना गाडी एम्बुलेन्सकै रुपमा गर्ने सापकोटाले बताए । उनले कोभिड महामारीको विषम परिस्थितिमा लकडाउन अवधिभर आम अभिभावक, विद्यार्थी एवम् सर्वसाधारण साविक पिठौलीबासी ( कावासोती नगरपालीका वार्ड नं ११, १२ र १३ ) का लागि अस्पताल जानुपर्ने अवस्था आएमा निशुल्क सवारी साधन उपलब्ध गराउने जनाएका हुन् ।


Last Updated on: May 7th, 2021 at 7:06 pm
३६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया