सोमबार ११ आश्विन २०७८

भैंसीलाई घाँस दिन गोठमा जाँदै गरेकी महि’लाको ह’त्या
July 27, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
जाजरकोट: रुकुम पश्चिमको छहरेमा एक महिलाको ह’त्या भएको छ ।त्रिवेणि गाउँपालिका–४ छहरेस्थित अन्दाजी २६ वर्षीया मनकला खत्री खड्काको गत राति घरमै ह’त्या भएको हो । भैंसीलाई घाँस हाल्न गोठतिर जाँदै गर्दा धा’रिलो हति’यार प्रयोग गरी उनको ह’त्या भएको प्रहरीको प्रारम्भिक अनुसनले देखाएको छ ।

मृ’तकका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । घरभन्दा करिब २ सय मिटर टाढा रहेको गोठका भैंसीलाई घाँस हाल्न सोमबार बेलुका सात बजेतिर गएकी उनी लामो समय नफर्केपछि परिवारमा उनको खोजी गरिएको थियो ।खोज्ने क्रममा राति १० बजेतिर उनको श’व भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए । प्रहरी राति १२ बजे घ’टनास्थल पुगेको थियो । उनको श’व गोठ भन्दा केही तल कान च्यातिएको, नाकमा धारिलो हति’यार प्रयोग भएको र मृ’तक रगताम्य अवस्थामा फेला परेको प्रहरी प्रमुख श्रेष्ठले बताए । ह’त्याराले उनीले लगाएका गरगहना पनि लुटेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले घटनास्थल शील गरी अ’नुसन्धा’न गरिरहेको बताएको छ । ह’त्यामा कसको संलग्नता हो अहिलेसम्म केही खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार अहिले घ’टनाबारे केही स्थानीयलाई सोधपुछ गर्ने काम चलिरहेको छ ।

श’व रातभर प्रहरीको निगरानीमा रहेको र अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कु’कुर मगाइएको डिएसपी श्रेष्ठले बताए । कुकुर पुगेपछि घ’टनाबारे थप अनु’सन्धान अघि बढाइने उनको भनाइ छ । प्रारम्भिक चरणमा घ’टनास्थल वरपर सोधपुछको काम भइरहेको डिएसपी श्रेष्ठले बताए । मृतकका सात वर्षीय एक छोरा र सासूआमा घरमा रहेका छन् ।


Last Updated on: July 28th, 2021 at 3:00 am
२७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया