बिहिबार ०४ कार्तिक २०७८

भरतपुर,साउन १२

असार २३ गतेका दिन । रस्मिता चेपाङ श्रीमान कृष्णको प्रतिक्षामा थिइन् । उनका श्रीमान् ज्या’लादारी काम गरिसकेपछि तरकारी लिएर पैदल घर फर्किदै थिए । मकवानपुरको बसामाडी पम्प भन्ने ठाँउमा उनी तरकारी लिएर घर फर्किन लागेका थिए । बाटो का’ट्ने क्रममा उनलाई मोटरसाइकलले ठ’क्कर दियो ।

उनी दुर्घटना भएकै स्थानमा अचेत अवस्थामा पुगे । नाक,कान र हातहरुबाट र’गत बग्दै थिए । रस्मिता भने तरकारीको प्रतिक्षामा थिइन् । रातको आठ बजिरहेको थियो । रस्मिताको मोबाइलमा फोन आयो । तिम्रो श्रीमानलाई बाइकले हान्यो छिटो आउ भन्दै ।

रस्मिता हतारहतार छोराछोरीलाई घरमा नै राखेर चुरे हिल अस्पतालमा पुगिन् । त्यहाँ श्रीमानको अवस्था देख्दा उनी आफुलाई थाम्न सकिनन् । रुदै चि’च्याउँदै थिइन् । गु’हार माग्दै थिइन् अस्पतालका डाक्टरहरुले उपचार गर्न नसक्ने भनेपछि श्रीमानलाई काठमाडौं अथवा भरतपुर लैजान आफ्नो दाईलाई फोन गरिन् दाई पनि अस्पताल आईपुगे एम्बुलेन्सलाई तत्काल बोलाइयो त्यसपछि उनीहरुले भरतपुरको पुरानो मेडिकल कलेजमा ल्याएर श्रीमानलाई भर्ना गरे रातको १२ बजिसकेको थियो सरकारी भरतपुर अस्पतालमा श्रीमानको उपचार हुननसक्ने भनेपछि उनीहरुले मेडिकलमा लगेका थिए ।

राती भर्ना गरिएपनि उनलाई बिहानको समयमा मात्रै अस्पतालले उपचार सुरु ग¥यो । “बिहान साढे ११ बजे डाक्टरले अपरेशन गर्नुपर्छ भने । त्यसपछि मैले के को अपरेशन भनेर सोधे । उहाँले टाउकोमा र’गत जमेको छ । त्यसैको अपरेशन हो भनेपछि मैले खर्च के कति लाग्छ भनेर सोधे । टाउको अपरेशन गरेको मात्रै दुई लाख लाग्छ भने । अनि मैले हामीसंग यत्रो पैसा छैन ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्ने संग कहाँबाट हुन्छ भने । रस्मिताले भनिन् ।”

डाक्टरले अपरेशन नगरे श्रीमानको ज्या’न नै जाने भनेपछि उनले गुहार मागिन् । आफु एक्लै रहेको र सहयोग गर्ने कोही नभएको भन्दै डाक्टरलाई विलौना गरिन । उनको कुरा सुनेर डाक्टरले कृष्णलाई अपरेशन गर्न कोठाभित्र लगे । त्यसपछि फेरी डाक्टरले र’गतको आवश्यक रहेकोले छिटोभन्दा छिटो ल्याउन रस्मितालाई भने । रस्मिता सरकारी अस्पतालमा र’गत खोज्न पुगिन् ।

विडम्बना उनले त्यहाँ र’गत पाइनन् । श्रीमानसंग मिल्ने र’गत नै नपाएपछि उनी रित्तै अस्पताल फर्किन् । डाक्टरले र’गत जसरी पनि आवश्यक रहेको भन्दै आफन्तहरुको मिल्न सक्ने भएकोले उनीहरुलाई बोलाउनु भने । रस्मितालाई यो पनि गाह्रो भयो । घर टाढा भएकोले त्यहीमाथि बर्खाको समयमा भिरपाखा अनि खोला तरेर आउनुपर्ने भएकोले र’गत दिन कोही आउन सक्ने अवस्था थिएन ।

उनले भनिन्,र’गत नै नभएपछि के होला भन्ने लाग्यो । जे होला परमेश्वरको हातमा छ भनेर विश्वास राखे । अपरेशन गरेर उहाँलाई निकालियो । वार्डमा लगेर भोलिपल्ट बिहानको ११ बजेसम्म राखियो । २४ घण्टासम्म पनि उहाँको होस आएन । होस नआएपछि उहाँलाई आईसियुमा राख्नुपर्छ बहिनी भन्दै डाक्टरले भन्नुभयो ।”

एक दिन आइसियुमा राखेको दिनको १० हजार थियो । आईसियुमा राखेको ८ दिनसम्म पनि श्रीमानको होस नआएपछि उनी आत्तिइन् । “आइसियुमा उहाँलाई दिनको दुईचोटी हेर्न पाउने थियो म दिनदिनै उहाँलाई आइसियुमा हेर्न जान्थे जतिखेर पनि ढुकढुकी बढ्थ्यो । आँखा नै खोल्नुभएन १० दिनमा आँखा खोल्नुभयो त्यसपछि उहाँले हातको इसारामा बोल्न लाग्नुभयो खानेकुरा माग्न थाल्नुभयो बल्ल मन ढुक्क भयो । उनले भनिन् ।

रस्मितासंग खाजा खाने समेत पैसा थिएन । बिरामी कुर्न आएका केही व्यक्तिहरुले उनलाई दुई हजार सहयोग गरे । त्यही पैसाले उनले औषधिको लागि बिल भरिदिईन् त्यसपछि रस्मिताको श्रीमानलाई औषधी चढाइयो ।

अहिले पैसा पनि नभएकोेले मेडिकल कलेजले कृष्णलाई आइसियुमा नै राखिदिएको छ मेडिकलले औषधि दिन छाडेको छ ६ लाख पैसा नतिरेसम्म कृष्णलाई वार्डमा नसार्ने र औषधी नदिने अस्पतालले बताउँदै आएको उनले बताइन् । डाक्टरले भनेअनुसारको औषधि फार्मेसीमा पुगेकी रस्मितालाई पैसा नतिरेको भन्दै औषधि रोकिदिएको जानकारी दिइयो औषधि नदिँदा कृष्णलाई ज्वरो आईरहेको उनले बताईन् । श्रीमानको झन् स्वास्थ्य अवस्था पनि जटिल हुँदै गएको उनले बताईन् ।

उनीहरुको स्वास्थ्य बिमा पनि छैन जसले गर्दा उपचारमा पाउने सुविधा पाएका छैनन । ठ’क्कर दिने मोटरसाइकल र चालक दुवैलाई प्रहरीले प’क्राउ गरिसकेको छ । तर चालक सजंय लामाले आँफु विपन्न वर्गको भएर कृष्णलाई उपचार गर्ननसक्ने बताएका छन उनलाई अहिले मकवानपुरको प्रहरी कार्यालयमा मु्द्दा दर्ता गरी थुनामा राखिएको छ ।


Last Updated on: July 28th, 2021 at 12:06 pm
६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया