मंगलबार ०९ आश्विन २०८०

उदयपुरः उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर धरानका युवाको मृत्यु भएको छ ।
धरानबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना१च ३३७० नम्बरको सुमो शुक्रबार बिहान पौने १० बजे हर्देनी भीरमाथि सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान-५ का १८ वर्षीय सुभाष परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकोमा उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले जानकारी दिए ।

घटनास्थलमा प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।[][]

भिडियो हेर्नुहोस[][]


Last Updated on: May 7th, 2021 at 7:09 pm
७९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया