बिहिबार ०४ कार्तिक २०७८

साउदीमा गाडी दुर्घटना हुँदा नेपाली युवाको मृ’त्यु
Enews Nepali
@Enewsnepali

साउदीमा गाडी दुर्घटना हुँदा नेपाली युवाको मृ’त्यु
FacebookTwitterPrintEmailMore
धनकुटा

साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री ढुवानी गर्ने गाडी दुर्घटनामा परी धनकुटा नगरपालिका–१ निगालेका ३५ बर्षीय सोजिन्द्र राईको मृत्यु भएको हो । घटना गत शनिवारको हो ।

राती करिब ८ बजे दुग्धजन्य सामाग्री पुर्याउँन जाँदै गर्दा उँटसँग ठोक्किएर गाडी दुर्घटना भएको बताइएको छ । तीन बर्ष अघि साउदी गएका राई गाडीमा चालकको काम गर्दै आएका थिए । उनी आफैले गाडी कुदाएका बेला दुर्घटना भएको हो ।

दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । उनीसँगै बस्दै आएका साथीहरुले मृतकका आफन्तलाई घटनाको विषयमा जानकारी गराएका हुन् । ‘उँटसँग ठोक्किएर गाडी दुर्घटना भएछ । हाम्रो बेहाल भयो,’ मृतककी शोकाकुल श्रीमती नेत्रकुमारीले भनिन्, ‘लाश घर ल्याउँन आफन्तहरुले पहल गर्दै हुनुहुन्छ, कहिले आइपुग्ने हो पत्तो छैन ।’

दुर्घटनामा परी एक जना घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मृतक राईको शव स्थानीय अस्पतालमा रहेको र नेपाल ल्याउँन पहल भइरहेको वैदेशिक रोजगारीमा रहेका मृतकका छिमेकी बावुराम तितुङले संगालोखबरलाई जानकारी दिए । मृतक राईका श्रीमतीसहित ११ बर्षीय एक छोरा छन् ।


Last Updated on: July 28th, 2021 at 6:47 pm
४६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया