बिहिबार ०४ कार्तिक २०७८

झापा

दमकमा ट्रकले मोटरसाईकललाइ ठ’क्क’र दिँ’दा बिष्ट दम्पती’को मृ’त्यु भए’काे छ । मंगलबार विहानै भेडेटार घुम्न गएका विष्ट दम्पती सुरुङ्गास्थित घर फर्कने क्रममा राति १० बजे दुर्घटना हुँदा पुर्णबहादुर बिष्ट (राज) र उनकी श्रीमती भिमा कार्की विष्टको’को मृ’त्यु भ’ए’काे हाे ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिष्ट दम्पति सवार प्र.२—०३—०१३—प.४७८७ नम्बरको निलो रङ्गको अपाची मोटरसाईकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४ ख.८७३० नम्बरको ट्र’क’ले ठ’क्क’र दिँ’दा उनीहरु’को मृ’त्यु भए’को ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठ’क्क’र दि’ने ट्रक र मोटरसाइकल दमक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । बिष्ट सुरुङ्गास्थित होटल हेवनका संचालक रहेका थिए ।

इलाममा जंगली च्याउ खादा एकै परिवारमा बाबू र छोराको मृत्यु

15
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
इलामको फाकफोकथुममा जङ्गली च्याउ खादा २ जनाको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा एकै घरका बाबु छोरा हुन् ।मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको हो ।

गुडिरहेको गाडीमा माथिबाट अचानक ढुङ्गा खसेपछि भारतको हिमाचल प्रदेशमा पर्ने किन्नाैर भन्ने ठाउँमा ९ जनाको मृत्यु भएको छ । भयंकर ढुंगाहरू खसेर एक पुल नै भाँच्चिएको छ भने गाडी किचिएर ९ जनाको ज्यान गएको हाे ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार भएको उक्त दुर्घटनामा परी मुत्यु हुनेमा पर्यटकहरु रहेका छन् ।

उनीहरू दिल्लीका बासिन्दा रहेको र आन्तरिक भ्रमणमा गएको बेला सो दुर्घटना भएको बताइएको छ । तीन जना घाइते भएको समाचारहरूमा उल्लेख छ ।

घटनाको जानकारी पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा मृत्यु हुनेका परिवारप्रति समवेदना व्यक्त गर्दै आवश्यक राहत उपलब्ध गराउने बताएका छन् ।

यसैगरी हिमाचलका मुख्यमन्त्री जाइराम ठाकुरले यो घटना निकै दुःखद रहेको भन्दै पीडितलाई तत्काल सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् ।

ढुंगा के कारणले खस्यो भन्ने स्पष्ट भइसकेको छैन, तर आवश्यक अनुसन्धान भइरहेको छ । भारी वर्षा भइरहकेकाले खसेको हुनसक्ने जनाइएको छ । तर उक्त ढुंगाहरू पनि घाम लागेकै बेला सुख्खा रूपमा खसेकाे भिडियाेमा देखिन्छ ।


Last Updated on: July 28th, 2021 at 6:50 pm
७१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया