
नौ महिनाको यति सानो छोरी जस्ले आमानै चिन्दैन त्यहि छोरिलाई छोडेर आमा घरबाट भागिन् ।
श्रीमानले सौ”ता हा’लेपछि चटपटे बेच्दै छोरि पा’ल्दै पोखराकि चटपटेवाली नविना…
प्रेम बिवाह गरेको जोडि दुई बर्षमै अन्ततः छुट्टिन पुग्यो।
आमाको काखमा रमाउने आमाकै काखमा निदाउने यी नौ बर्षिय छोरिको के नै गल्ति थियो होला र ?
श्रिमान (दिपेन्द्र बलामि) बताउछन् कि लाउन खानको कमि त थिएन तर त्योभन्दा बढि चै थिएन पनि मैले दिन पनि सकिन ,जहाँ गएकि छौ तिमी खुसि हुनु भन्छन् श्रिमान् ,बिचरा ।
घर- झगडा सबैकोमा अवश्य हुन्छ ,त्यो पनि भएको हो या हैन हामी त जान्दैनौ मनमुटाव कमि कमजोरी दुबैबाट भएको होला तर त्यस्को सजाय यति सानि फुल जस्ति छोरिलाई किन दिन्छौ ,बिन्ति छ फर्कि आउ बहिनी ।
थप हेर्नुस् भिडियो सामाग्री :
यो।पनि पढ्नुहोस
काठमाडौ । बाहिर गेष्टहाउस र खाजा घरका बोर्ड राखिएका छन् । तर भित्र भने कल्पना गर्न नसकिने धन्दा मौलाउँदै गएको खुलेको छ ।
सामाजिक सञ्जाल फेसवुकको प्रयोग गरेर मानव बेचबिखन तथा ओसारपसारमा लागेकाहरुले यस्तै खाजाघर र रेष्टुरेष्टमा काम दिने भन्दै युवती फकाउने र गलत काममा लगाउने गरेको खुलेको छ ।
यस्तो काममा संलग्न पुरुषहरु पक्राउ परेपछि घटनाको रहस्य खुलेको हो । फेसवुकमा गाउँका महिलाहरुसंग सम्पर्क गरेर काठमाडौ ल्याई उनीहरुलाई अन्य मुलुकमा पठाउने कार्यमा संलग्न तीन जना फरार अभियुक्त प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका २५ ठूलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भनिने विमला विक, चितवन भरतपुर महानगरपालिका९१९ बस्ने ४४ वर्षीय मौसम भनिने केशबहादुर विश्वकर्मा र लमजुङ दोर्दी गाउँपालिका १ घर भई चितवन डेरा गरी बस्ने ४१ वर्षीय नवीन भनिने नवराज अधिकारी रहेका छन्।
राम्रो काम लगाइदिने भन्दै काठमाडौको होटलमा वेटरको रुपमा काम लगाएर उनीहरुलाई बेचविखन गरिएको प्रहरी अनुसन्धानवाट देखिएको छ ।
यस्तो कार्यमा संलग्न मध्े विमलालाई कास्की पुम्दीभुम्दीबाट बिहीबार, केशबहादुरलाई चितवन भरतपुर महानगरपालिका ३ बाट शुक्रबार र नवराजलाई चितवन पुल्चोकबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फेसबुकमार्फत कुराकानी गरी राम्रो कमाइ हुने भन्दै काठमाडौं कोटेश्वरमा रहेको दिपलक्ष्मी गेष्ट हाउसमा वेटरको काम लगाएकी युवतीलाई अ’नैतिक काम लगाएको प्रहरी अनुसन्धानवाट खुलेको छ ।
पोखरा महानगरपालिका–२५ ठुलुमुढी बस्ने प्रियाले फेसबुकमा कुरा गरेर किशोरीलाई जागिरको लोभ देखाइन् । बुवाले कान्छी आमा ल्याएपछि भर्खरै १६ टेकेकी सपना ९नाम परिवर्तन० आर्थिक अभावमा थिइन् । परिवारमा आमा र बहिनी थिए । आर्थिक अवस्था पहिले पनि मजबुत थिएन, बुवा र आमाको सम्बन्धविच्छेद सँगै समस्याको झन् ठूलो पहाड पार गर्नुपर्ने भयो ।
केही समय मामाघरमा बसिन् । अनि, कामको खोजीमा काठमाडौं आएकी सपनाले शुरुमा कपडा पसलमा काम गरिन् । आलु चिप्स बनाउने कारखानामा काम गरिरहेको बेला प्रियाले ‘खान बस्न पैसा नलाग्ने र राम्रो कमाई हुने रेष्टुरेण्ट एण्ड गेस्ट हाउसमा काम लगाइदिन्छु’ भनेपछि उनले चिप्स कारखाना छाडिन् ।
प्रियाले कोटेश्वरस्थित ‘होटल दिपलक्ष्मी एण्ड गेस्ट हाउस’मा उनलाई वेटरको काम गर्ने शर्तमा राखिदिइन् । साहुजीले मासिक ७ हजार तलव तोकेका थिए । शुरुमा केही दिन वेटरको काम गरेकी सपनालाई पछि डर, त्रा’स देखाएर ग्राहकसँग शा’रि’रि’क स’म्पर्क राख्न बाध्य पारियो ।
माइत बस्न थालेकी आमा र बहिनीमाथिको पारिवारिक जिम्मेवारी पूरा गर्न ०७६ कार्तिकमा उनी काठमाडौं आएकी हुन् । सामान्य अक्षर चिन्न नसक्ने आमा र बहिनीलाई हेरविचार गर्ने त्यो परिवारमा सपना बाहेक कोही थिएन । पढाइ छोडेर पैसा कमाउने सपना देखेर काठमाडौं आएकी उनको सपना कोटेश्वरको गेस्ट हाउसमा ब’न्धक बनाइयो ।
गेस्टहाउसका केशबहादुरले युवतीलाई राहदानी बनाउन सहयोग गरी भारतका विभिन्न स्थानमा ब न्ध क बनाएर श्रीलङ्कासम्म लगेको देखिएको छ । त्यसपछि नवराजले लिबियामा रहेको क्यानेडियन कम्पनीमा महिनाको १ लाख ५० हजार रुपैयाँसम्म कमाई हुन्छ भनी प्रलोभनमा पारेर दुबई हुँदै लिबियामा लगी कोठामा ब न्ध क बनाएका थिए ।
त्यस्तै फेसवुकवाट चिनजान गरी अर्की युवतीलाई मकवानपुर वागमती गाउँपालिका९८ भवानचुली बस्ने २४ वर्षीय विजय भनिने आयुष मोक्तानले पनि कम्बोडिया पठाउने भन्दै रकम ठगेको प्रहरीले जनाएको छ । उनी पनि पक्राउ परेका छन् ।
आयुषले काभ्रे पाँचखाल नगरपालिका९८ चिसापानी बस्ने ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाइदिने प्रलोभनमा पारी उनीहरूबाट ३९ लाख रुपैयाँ लिएका थिए ।