
धुर्मुस, माग्ने बुढा र मुन्द्रेको पुरानो कमेडी भिडियो यस्तो रहेछ हेर्नुहोस् (भिडियो)
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
२०५८ सालदेखि कलाकारिता शुरु गरेका केदार २०३२ सालमा जन्मिएका हुन्। ‘रामकहानी’ फिल्मका लागि १० लाख पारिश्रमिक बुझेर उनी यस वर्ष गतिलो चर्चामा आए।
‘हिजो आजका कुरा’बाट अभिनय यात्र सुरू गरेका उनले ‘गीताञ्जली’, ‘तितो सत्य’, ‘लोकलहरी’, ‘जिरे खुर्सानी’ हुदै ‘मेरी बाँस्सै’मा आदिमा काम गरेका छन्। हँसाएर दुनियाँको मन जितेका माग्ने बुढाको जीवन संघर्षपूर्ण रह्यो।
त्यस्तै वि. सं २०४० मा सोलुखुम्बुमा जन्मेका हुन् सीताराम कट्टेल अर्थात् धुर्मुस । मेरी बास्सैमा सीतारामले अभिनय गरेको धुर्मुस पात्रले चर्चा र लोकप्रियता कमायो ।
मेरी बास्सै निर्माणकै क्रममा उनले धुर्मुसको जोडीको रुपमा देखिएकी कुञ्जना घिमिरे(सुन्तली)सँग विवाह गरेका थिए । यस्तै, चलचित्र निर्माण र अभिनयमा पनि सीताराम कट्टेल सहभागी छन्
। ६ एकान ६, वडा नम्बर ६ लगायतमा हिट चलचित्रमा पनि कट्टेलले अभिनय गर्नुका साथै लगानी पनि गरेका थिए ।
वैशाख १२ को गोरखा भूकम्पपश्चात धुर्मुस सुन्तलीको जोडी सामाजिक काममा पनि सक्रिय छन् ।
भूकम्प पश्चात यो जोडीको सक्रियतामा काभ्रेको डाँडागाउँमा एकीकृत बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा नमुना बस्ती, महोत्तरीको बर्दिबासमा मुसहर बस्ती, रौतहटको सन्तपुरमा एकीकृत दलित बस्ती बनाइसकेका छन् । अहिले धुर्मुस सुन्तली क्रिकेट रंगशाला बनाउन जुटेका छन् ।
यिनै २ चर्चित पात्र धुर्मुस र माग्ने बुढाको पुरानो भिडियो यस्तो रहेछ, हेर्नुहोस् …