
एकाबिहानै खाल्डोमा सरकारी स्कार्पियो, एकको मृत्यु पाँच घाइते
July 30, 2021 11
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
जनकपुरधाम । ढल्वेबर–जनकपुर सडकअन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकाको सपहीमा सरकारी नम्बर प्लेटको स्कार्पियो पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
आज विहान जनकपुरधामतर्फ आउँदै गरेको ज–२०–०२–०००१ ख ००३५ नम्बरको स्कार्पिओ पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेको हो ।
प्रहरीका अनुसार स्कार्पियोमा सबार महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ बस्ने दीपक यादवको मृत्यु भएको छ ।
यस्तै स्कार्पियोमै सबार ५ जना घाइते भएको र उनीहरुको उपचार प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । स्कार्पियो कुन कार्यालयको भन्नेबारे प्रहरीले केहि बताएको छैन ।