सोमबार ०८ कार्तिक २०७८

ठमेलमा चिनियाँको मदिरा कारखाना, प्रहरीको छापा (तस्बिरमा हेर्नुहाेस्)
साउन १५, २०७८ –

recommended by
Mgid
Mgid

TESTOULTRA
Any Man Can Last Over 2.5 Hours In Bed By Using This Once A Day!
LEARN MORE
ठमेलको ज्याठामा चिनियाँ नागरिकले सञ्चालन गरेको लोकल मदिरा उत्पादन गर्ने कारखानामा महानगरीय अपराध महाशाखाले छापा मारेको छ ।

​घर भाडामा लिएर सञ्चालन गरिएको मदिरा कारखानामा छापा मारेर करिब १० हजार लिटर मदिरा बरामद गरिएको महाशाखाका प्रमुख (एसएसपी) चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए ।

चीनको जियाङ्गसु प्रान्त घर भएका सिजि उईले ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेका थिए । सरकारी अनुमति बिना लोकल मदिरा उत्पादन गर्ने सिजि उईलाई महाशाखाले नियन्त्रणमा लिएको छ ।

लोकल रक्सी उत्पादन गर्ने मेशिन पनि प्रहरीले बरामद गरेको छ । रक्सी उत्पादन गर्ने चिनियाँले ५ तले घर भाडामा लिए त्यहाँ होटल पनि सञ्चालन गरेका थिए । ‘होटल स्वीट ठमेल होटल एण्ड रेष्टुरेन्ट’ काठमाडौं महानगरपालिका वडा नम्बर–२६ मा दर्ता गरेको पाइएको छ ।

महाशाखाले सो घर सिल गरेको छ । बरामद मदिरा आन्तरिक राजस्व कार्यालयलाई थप अनुसन्धान र कारवाहीका लागी बुझाइने एसएसपी खापुङ्गले बताए ।


Last Updated on: July 30th, 2021 at 7:12 pm
१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया