
कर्णाली नदीमा जीप खस्यो,आमाबाबु बे पत्ता, तीन जना छोराछोरीको उद्धार
July 30, 2021 18
धनगडी,साउन १५ – कर्णाली नदीमा जीप खस्दा २ जना बे’पत्ता भएका छन् । शुक्रबार कैलालीको मोहन्याल गाउँपालिका ७ बाका स्थित चिसापानी देखि सोल्टा जाने कच्ची सडक खण्डमा नम्बर नखुलेको जीप सडकमा ब्याक गर्ने क्रममा कर्णाली नदीमा ख’स्दा २ जना बे पत्ता भएका हुन् ।
चालक डोटी आदर्श गाउँपालिका काडे साउले बस्ने चन्द्र प्रकाश जोशी र सोही ठाउँका रुपी जोशी नदीमा बे’पत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
सो जानकारी पाउना साथ प्रहरी टोली घटना स्थलमा खटिई खोजतलास गर्दा ३ जना बच्चा झाडीमा फेला पारी उद्धार गरिएको उनले बताए । अन्दाजी १०-१२ बर्षकी लक्ष्मी जोशी, भाइ अन्दाजी २-३ वर्षको भुवन जोशी र बहिनी अन्दाजी ४-५ वर्षकी साबित्री जोशीको उद्धार गरिएको छ ।
एकै परिवारका ३ जना भाइबहिनी, आमा बुबा गरी ५ जना जीपमा सवार रहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । जीप ३ सय मिटर तल नदीमा खसेको र बे पत्ता र जीपको प्रहरीले खोजी कार्य गरी रहेको उनले बताए ।
भुवन र साबित्रीको अवस्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ । ३ जनाको लम्कीको लालरत्न अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागी नेपालगन्ज रेफर गरिएको उनले बताए ।