बिहिबार २३ मंसिर २०७८

पूर्व युवराज पारस शाहका समर्थकले काठमाडौँमा घटाए फेरि यस्तो काण्ड, अब के गर्छ देउवा सरकार ?
Enews Nepali
@Enewsnepali

पूर्व युवराज पारस शाहका समर्थकले काठमाडौँमा घटाए फेरि यस्तो काण्ड, अब के गर्छ देउवा सरकार ?
FacebookTwitterPrintEmailMore
काठमाडौं । पूर्व युवराज पारस शहको पक्षमा प्रदर्शन भएको छ। शाहका समर्थकहरुले काठमाडौँको महाराजगञ्जमा प्रदर्शन गरेका छन्। उनीहरुले पारस शाहमाथि प्रहरीले ज्यादती गरेको भन्दै शनिबार दिउँसो महाराजगञ्जमा प्रदर्शन गरेका हुन्।

हेल्मेट नलगाएको भन्दै प्रहरीले शाहलाई समात्न खोजेपछि हिजो विवाद भएको थियो। प्रहरी र पारस शाहबीच झगडा भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। प्रहरीको फन्दामा परेपछि प्रहरीले हात समातेर घर जान अनुरोध गर्दा उल्टै जाइलागेर जान्नँ भन्दै नाकतिर औंला तेर्स्याएर अड्डी कसेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई एक पटकका लागि ‘सम्झाएर’ छोडिएको छ। ‘ट्राफिक प्रहरीले समातेपछि वादविवाद भएको हो, उहाँलाई सम्झाएर पठाइएको छ,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने।

पूर्वयुवराज शाह अधिकांश ठाउँमा उनले चलाउने गरेको मोटरसाइकलमा हेल्मेटबेगरै देखिने गरेका छन्। उनले त्यहाँ पनि आफूले कहिल्यै हेल्मेट लगाएको देखेको छ? कहीँ रोकेको छ मलाई? भनेका थिए।

उनको हात अँठ्याएका प्रहरीले माथिल्लो निकायमा वाकीटकीमा खबर गरिरहेको भिडिओमा देख्न सकिन्छ। वाकीटकीमा कुरा गर्दा प्रहरीले नशामा रहेको व्यक्तिलाई नियन्त्रणमा लिनुपर्ने र गाडी पठाउन जाहेर गरिरहेका देखिन्छन्।

शाहले भने आफूले ‘ड्रिङ्स गरेको छैन’ भनिरहेका थिए। तर, ट्राफिक प्रहरीको उपत्यका नेतृत्वलाई भने यो खबर जानकारीमा नै छैन। ‘खै यो खबर मलाई जानकारीमा छैन,’ महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी जनक भट्टराई भन्छन्।

वादविवादकै क्रममा प्रहरीले छोडेपछि पारस मोटरसाइकलमा हेल्मेटबेगरै हुइँकिएका थिए। यही व्यवहार सर्वसाधारणले गरेको भए लाइसेन्स बरामद गरी चिट काट्ने तथा अन्य ट्राफिक नियम उल्लंघनको कारबाही प्रहरीले चलाउँथ्यो। प्रहरीलाई हप्कीदप्की तथा अभद्र व्यवहार गर्दा कसुर अनुसार कारबाही पनि हुन्थ्यो।

आफूले कहिल्यै हेल्मेट नलगाउने जिद्दी गरेका पारस आज पनि लामै कपालमा प्रहरीसँग दोहोरो सवाल जवाफमा उत्रेका हुन् । उनले भनेका छन्, ‘म कहिल्यै हेल्मेट लगाउँदिन ।’पछि जम्मा भएका केही मोटरसाइकलवालाले पारसलाई ‘सरकार’ भन्दै बाइक चढाएर बिना हेल्मेट निर्मल निवास पठाएको छ । उनले चढ्ने बाईकबारे चासो बढेको छ ।

उनले चढेको यो मोटरसाइकल हार्ले डेभिड्सनको सफटेल हेरिटेज १९९५ मोडल हो। यो बाइक हाल नेपालस्थित नेपालको शोरुममा उपलब्ध छैन। उक्त मोडलको मोटरसाइकल नेपाल ल्याइएमा ८५ देखि ९० लाखसम्म पर्नसक्ने हार्ले डेभिड्सन मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सका म्यानेजर महेश थापाले जानकारी दिए। ‘यो मोटरसाइकल हामीले नै सर्भिसिङ गरेका हौं। लामो समयदेखि थन्काएको मोटरसाइकल भएपनि यसमा त्यति जटिल समस्या थिएन,’ उनले भने।

बाबु पारसले गरेको लफ’डाबारे छोरी कीर्तिकाको यस्तो ट्वीट

काठमाडौ

पूर्वयुवराज पारस शाहले शुक्रबार साँझ हेल्मेट नलगाएर मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले रोक्न खोज्दा लफ’डा गरे। जिब्रो लरबरिएको आवजमा उनले प्रहरीलाई तँ भनेका थिए ।

र प्रहरीले सम्झाएर उनलाई पठाउन खोज्दै उल्टै जान्न जान्न भन्दै उल्टै प्रहरी माथि दू’र्व्य’व हार गरेका थिए।यो विषयमा पारसकी छोरी कीर्तिकाले शनिबार साँझ ट्वीट गर्दै यो विषयमा प्रतिक्रिया दिएकी छन्। उनले प्रहरीले उल्टो आफ्नो बाबु माथि दू’र्व्य हा’र गरेको बताएकी छन् ।

उनले लेखेकी छन् ‘हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्यादा पूर्वक व्यवहारगरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अप’मान जनक ब्यबहार गरेको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 


Last Updated on: August 1st, 2021 at 11:02 am
२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया