
काठमाडौं : मलेसियामा कार चोरीको एक गिरोहलाई प्रहरीले प’क्रा उ गरेको छ । प्रहरीले कूल ६ जनालाई प’क्रा उ गरेको छ यीमध्ये एक जना नेपाली छन्। सेरदाङ ओसिपीडीका असिस्टेन्ट कमिश्नर एए अन्बालाङगनका अनुसार जिल्ला र क्वालालम्पुरका सिआइडी अधिकारीहरुले सुरुमा ३ जनालाई प’क्रा उ गरेका थिए ।
जुलाइ २५ मा प’क्रा उ परेका उनीहरुको साथबाट एउटा मर्सिडिज एस ३२० र टोयोटा एस्टिमा कार जफत गरिएको थियो। मलेसियाको मिडिया द स्टारका अनुसार यी दुवै कार चोरी भएको प्रहरीमा रिपोर्ट गरिएको थियो। प’क्रा उ परेका ३ जनासँग सोधपुछपछि प्राप्त जानकारीका आधारमा एक जना नेपाली सहित अन्य ३ जनालाई प’क्रा उ गरिएको हो । मलेसियाको मिडिया द स्टारका अनुसार कार चो’री भएको पुलिसमा रिपोर्ट गरिएको थियो ।
उनीहरुको साथबाट प्रहरीले केही मोवाइल फोनहरु एउटा की प्रोग्रामर र भक्सवागेन पासात, ओडी क्यु७ र टोयोटा फर्च्युनर सहित ६ वडटा गाडी पनि जफत गरेको छ । जफत गरिएका मध्ये २ वटा गाडी सेरी केम्बांगानमा चो’री भएको रिपोर्ट गरिएको थियो ।प्रहरीका अनुसार यो गि’रोहले लामो समयसम्म सामुदायिक पार्किङमा पार्क गरेर राखिएका कारहरुलाई निशाना बनाउँथे ।
यो गि’रोहका सदस्यलाई ती कारहरु विदेशी नागरिकको भएको र ती विदेशीहरु लामो समयको लागि देश छोडेर गएको विश्वास हुन्थ्यो। प्रहरीका अनुसार प’क्रा उ परेका मध्ये २ जना सम्भावित ग्राहक हुन सक्छन्। प’क्रा उ परेका नेपाली सुरक्षा गार्ड हुन्। उनले आफूले काम गर्ने ठाउँमा लामो समयसम्म पार्क गरेर राखिएका कारहरुको सूचना यो गि’रोहलाई दिन्थे ।