आइतबार ०७ कार्तिक २०७८

काठमान्डौ- टोकियोको एक अदालतले सुपरमार्केटमा चि’प्लिएर ल’डेका एक ग्राहकलाई १ लाख ९० हजार डलर तिर्न सुपरमार्केट सञ्चालकलाई आदेश दिएको छ ।सलादका रुपमा प्रयोग गरिने साग लेटिशबाट चु’हिएको पानीका कारण भिजेको भुँइमा चि’प्लिएर ’घाइते भएका ती व्यक्तिलाई सो रकम तिर्न अदालतले सुपरमार्केट सञ्चालकलाई आ’देश दिएको हो ।

टोकियोमा बस्ने ६० वर्षिय ती पुरुषले टोकियो जिल्ला अदालतमा सुपरमार्केट सञ्चालक वि’रुद्ध मुद्दा दायर गरेका थिए ।ती व्यक्ति खानागावास्थित एक सुपरमार्केटमा पाँच वर्षअघि किनमेल गर्न गएका थिए । यस क्रममा उनी किराना सामान पाइने हि’स्साको भुँइमा लडे । सो घ’टनापछि उनी अ’पाङ्ग भए अनि चिसो भुँ’इका कारण आफू चि’प्लिएको भन्दै क्षतिपूर्ति माग गरी मु’द्दा हाले ।

भुँइ चिसो नभएको र ती व्यक्ति चिप्लो खालको चप्पल लगाएकोले चि’प्लिएको भन्दै सुपरमार्केटले सो दा’बीको खण्डन गर्दै आएको थियो । तखताबाट हरेक पटक ग्राहकहरुले रातो पात भएको लेटिश उठाउँदा यसमा भएको पानी भुँइमा चु’हिने अनि भुँइ भिज्ने गरेको टोकियो जिल्ला अदालतका न्यायाधीस शि’नादा युकिओले फै’सला सुनाउने क्रममा भनेका छन् ।

यस्तो हुन सक्छ भनेर सुपरमार्केट सचेत रहेको भएपनि नियमित रुपमा पु’छ्ने जस्ता कदम चा’लेर स’मस्या सम्बोधन नगरेको उनले बताए । भुँइमा चि’प्लेर अपाङ्ग हुन पुगेका ती व्यक्तिको आय गुमेको र अ’पाङ्ग हुनु परेको अवस्थाको क्ष’तिको पूर्ति गर्न

पी’डितलाई २ करोड १० लाख येन तिर्न युकिओले सुपरमार्केट सञ्चालकलाई आदेश दिएका छन् । यस मामिलामा सुपरमार्केट सञ्चालकले प्रतिक्रिया दिइ नसकेको बताइएको छ ।


Last Updated on: August 2nd, 2021 at 12:23 am
१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया