
रामेछाप – रामेछाप जिल्लामा अवरिल बर्षासँगै मन्थली नगरपालिका–१ बसपार्क नजिकै तीन तले पक्की घरको एक तला भासिएको छ ।
सम्भवतः रामेछाप जिल्लामा पक्की घर जमिनमुनी भासिएको पहिलो घटना बन्न पुगेको छ ।
PROMOTED CONTENTAdskeeper
Rare Pictures Of Freddie Mercury And His Spoiled Cats
More…
593
148
198
Discover Your Family’s Origin From The Shape Of Your Feet
More…
217
54
72
Top 10 Most Expensive Designer Watches In The World
More…
721
180
240
हिजाे शुक्रवार बिहानबाट चर्किएको घर माथिबाट पहिरो आउदा घरमा समस्या भएको थियो ।पक्की घर जमिनमुनी भासिएकोे देख्दा स्थानिय अचम्ममा परेका छन् । गएराती चर्किएको घर अहिले एक तला नै जमिनमुनी भासिएको छ । पाँच बर्ष अघि हिराबहादुर माझीले उक्त स्थानमा घर निर्माण गरेका थिए ।
अहिले बर्षासँगै घरमाथि पहिरो आएकै कारण घर नै भासिएको छ । मन्थलीवासीले माझीको घर भासिनुलाई आश्चार्यको रुपमा लिएका छन् । मन्थली नगरपालिका नगर प्रमुख रेमश बस्नेतले स्थानीय हिरा बहादुर माझीको घर भासिनु नगरपालिकामा पहिलो घटना भएको बताए ।
शुक्रबार बेलुकासम्म तीन तला नै देखिएको थियो, आज बिहान उठदा एक तला भासिएर दुई तला मात्र देखिएको छ । घरबाट अरु वस्तीमा क्षति हुन नदिन नगरपालिकाले घरलाई भत्काउने काम अगाडि बढाएको छ ।घरधनी हिरा बहादुर माझीले पाँच बर्ष अघि करिब एक करोड लगानीमा निर्माण गरिएको घर भासिदा विक्षिप्त बनेका छन् ।
माझीले भने जीवनभर कमाएको पसिनाबाट बनाएको तीन तले घर हेर्दाहेर्दा एक तला भासियो, अब सुकुम्बासी हुने अवस्था आयो । घर मासिएपछि अब घडेरी पनि नहुने चिन्ता थपिएको बताउदै घर भासिएसँगै आफ्नो परिवारको सपना पनि भासिएको माझीले बताए ।