बुधबार २२ मंसिर २०७८

पानी जमेको खाल्डोमा डुबेर गोरखामा एक बालिकाको मृत्यु
समाचार
August 1, 2021SanamLeave A CommentOn पानी जमेको खाल्डोमा डुबेर गोरखामा एक बालिकाको मृत्यु
गोरखाः ग्राभेल झिक्दा बनेको खाल्डोमा पौडी खेल्दा गोरखामा एक बालिकाको डुबेर मृत्यु भएको छ ।

पालुङटार नगरपालिका ६ लामाटारीस्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर १३ वर्षीया बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय खहरे खोलाबाट ग्राभेल निकाल्दा बनेको खाल्डोमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो आशा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । जमेको पानीमा पौडीखेल्दा बालिकाको घटनास्थलमै मृत्यु भएको डिएसपी प्रकाश दाहालले बताए ।

त्यहाँ ह्युमपाइप थुनिँदा पानी जमेको स्थानीयले बताएका छन् । बाख्रा गोठालो गएकी तामाङ पौडी खेल्दा तालिएको पानीमा डुबेकी हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***


Last Updated on: August 2nd, 2021 at 1:42 am
२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया