
इजरायल रोजगार खुल्यो , कसरी जाने ? यसो भन्छिन् राजदुत डा शाक्य
समाचार
August 2, 2021SanamLeave A CommentOn इजरायल रोजगार खुल्यो , कसरी जाने ? यसो भन्छिन् राजदुत डा शाक्य
काठमाडौं। ईजरायलमा नेपाली सहायक कामदारको रोजगारीका लागि आवेदन खुल्ला गरिएको छ । ईजरायली श्रमबजारमा नेपालीहरुको रोजगारीलाई पुनस् सुचारु गर्ने उदेश्यले गत सेप्टेम्बरमा नेपाल सरकार र ईजरायल सरकार बीच ईजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएसँगै अहिले आएर इजरायल रोजगार खुला गरिएको इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यले जानकारी दिइन् । इजरायलका लागि नेपाली दुतावासले एक विज्ञप्ति जारी गर्दै नेपालबाट महिला र पुरुष गरी एक हजार जना युवा सहायक कामदारको रुपमा इजरायल जान पाउने उल्लेख छ ।*