सोमबार ०१ कार्तिक २०७८

३५ अर्ब रुपैयाँ लगानी, २२ वर्षको मेह’नत। एक रातमै आएको बा’ढीले चक्नाचुर। मेलम्ची आयोजना फेरि अन्योलमा। ‘सपनाजस्तै बनेको’ मेलम्चीको पा’नी आफ्नै घरको धारामा झ’र्दा राजधानीवासीले पानीको दुःख अन्त्य भएको मह’सुस गरे। तर, त्यो खुसी धेरै दिन टिकेन। मेलम्ची नदीमा असार १ गते आएको बा’ढीले आयोजनालाई क्ष’तविक्षत बनाएको छ। वर्षायाममा खोलामा बाढी आउनु स्वाभाविक हो। तापनि, यत्रो ठूलो राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा ‘सम्भावित जोखिम’तर्फ ध्यान नपुगेको यस’ले देखाउँछ।

बाढीले मे’लम्ची खानेपानी आयोजनाको मुख्य संरचनासम्मको आठ किलोमिटर बा’टोको नाम’निसाना छैन। बाटो नहुँदा मुख्य संरचनासम्म न कामदार पुग्न सकेका छन् न त तत्काल डो’जर पुग्ने अवस्था नै छ। बा’ढीले क्ष’ति पुर्‍याएको दुई साता बित्दा पनि पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन।

असार १ देखि ४ गतेसम्म भएको अविरल वर्षाले आयोजनामा नराम्ररी क्ष’ति पुगे’को हो। परियोजनाको सुरुवात बिन्दु, बाँध, अडिट सुरुङ, हेड’वर्क्स, प्रवेश मार्ग, पुल र सुरु बिन्दुका संरचना क्ष’तिग्र’स्त भएका छन्। मुख्य सुरुङमा क्षति न’पुगेको होला भन्नेमा आयोजनाका कर्मचारीमा झिनो आ’शा छ। मुख्य सुरुङ बा’ढीले पुरिएको छ।

आयोजनाले ६० दिनमा सुरुङ खाली गरी निरीक्षण गर्ने र पुनः काठमाडौंमा पानी पठाउने यो’जना बनाइरहेका बेला बाढीले वि’तण्डा म’च्चायो। राष्ट्रपतिले गत चैत २० गत उद्घाटन गरे पनि भदौ दोस्रो साताभित्र काठमाडौंवासीलाई दीर्घकालीन रुपमै पानी पिलाउने लक्ष्य आयोजनाले लि’एको थियो।

मेलम्ची बजारबाट हेडवर्क्स (मुख्य बाँध) भएको अम्बाथानसम्म २२ किलोमिटर स’डक प्रवेशमार्गका रूपमा छ। प्रवेशमार्गको चनौटेसम्म आंशिक क्ष’ति पुगेको छ। चनौटेबाट मुख्य प्रवेशमार्ग अम्बाथानसम्मको ८ किलोमिटर सडक र पुलको संरचना ध्व’स्त छन्। यस्तै, मुख्य संरचना हेडवर्क्स र वरपरका संरचना बा’ढीले बगाएर ल्याएको नदीजन्य पदार्थले पुरिएका छन्। नदीको सतह’मा २ किलोमिटरसम्म ढुंगा, गिट्टी, बालुवा जम्मा भएका छन्।

आयोजनाको मुख्य संरचनासम्म जाने बाटो नै नभएकाले पहिले बाटो बनाउने अनि थुप्रिएका फोहोर हटाउने आयोजनाको तयारी छ। मुख्य संरचना भएको अम्बाथानसम्म डोज’र पुर्‍याउन बाटो आवश्यक छ।बाटोको स्थायी संरचना बनाउन धेरै समय लाग्ने भएकाले वर्षायाम सकिएपछि अस्थायी रूपमा नयाँ बाटो बनाउने तयारी आयोजनाको छ। वर्षा भइरहेकाले मेलम्चीमा पानीको बहाव पनि धेरै छ। पानी धमिलो भएकाले यो समयमा योजना बनाउने र वर्षापछि पुनर्निर्माण सुरु हुने उनी बताउँछन्।

प्रवेशमार्गमा ५ वटा पुल रहेकोमा रातो पुलबाहेक सबै बगाएको छ। साथै, हेलम्बुको मेलम्ची खानेपानीको सिरमा रहेको नाकोतेको पुल लगायत तिम्बुपुल, फट्टेपुल, मेलम्चीपुल बा’ढीले बगाएको छ। बाढीपछिको पुनर्निर्माणमा १ अर्ब ८८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। आयोजना स्थलसम्म जान सक्ने अवस्था नभएकाले खर्च गर्नुपर्ने बजेट पनि अनुमानित नै हो। एसियाली विकास बैंकको मुख्य ऋणमा नेपाल सरकारको समेत लगानीमा मेलम्ची आयोजना सम्पन्न भएको थियो। क्ष’तिपछिको पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन अर्थ मन्त्रालयसँग पत्राचार गरिएको आयोजनाले जनाएको छ। झण्डै २७ किलोमिटर लामो सुरुङमार्फत मेलम्ची खोलाको पानी काठमाडौंमा ल्याइएको थियो।

बाढीले ध्व’स्त नै भएको प्रवेशमार्ग अन्तर्गतको पुल र सडकको स्थायी संरचना बनाउन १ अर्ब रुपैयाँभन्दा बढी लाग्छ। तर, स्थायी संरचना बनाउन वर्षौं लाग्ने भएकाले अहिलेलाई अस्थायी संरचना बनाएर हेडवर्क्ससम्म पुग्ने वैकल्पिक बाटो बनाउने तयारीमा आयोजना छ। अस्थायी संरचना बनाउन १० करोड रुपैयाँ लाग्ने अनुमान छ । ८ किलोमिटर अस्थायी सडक बनाउने, सम्याउने र पन्छाउने काम गर्न हेलम्बु गाउँपालिकालगायत स्थानीय सरकारसँगको सहकार्यमा काम अगाडि बढाइने भएको छ। अहिलेलाई अस्थायी संरचना बनाएर सडकको ट्र्याक खुलाउन ५ करोड र पुलको विकल्पमा हिमपाइप तथा ग्याबिन राखेर डो’जर तार्नका लागि १ करोड २० लाख रुपैयाँ लाग्ने अनुमान छ। अन्नपूर्ण पोष्टमा यो खबर छ ।


Last Updated on: August 2nd, 2021 at 12:10 pm
३३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया