बिहिबार ११ कार्तिक २०७८

दमाई केटासँग ब्राह्मण युवतीको यसरी भयो बिवाह (हेर्नुस् भिडियो )
Mountain Media August 2, 2021 1 min read

FacebookTwitterPrintMore
जातिय बिभेदको खाडललाई पुर्दै परियार थरका अमृत भाइ र जैसि बाहुन जातकि सिमा बैनि बिवाह बन्दनमा बाधिएका छन् ।अहिले उनिहरु कोठा भाडा लिएर तनहुको दमौलिमा बस्दै आएका छन् ।

अमृत भाईले एक पसलमा ग्यास बोक्ने काम गर्दछन् भने सिमा चप्पल पसलमा काम गर्दछिन्।कुन धर्ममा लेखेको छर साचो माया पिरति नगर ,हो यस्तै नै भयो यो उदारणिय जोडिको प्रेम कहानि पनि ।जातभात केही पनि हैन र यो प्रचलनलाई तो ड्नु पर्छ भन्दै जसरि उनिहरु लागिपरिरहेका छन् साचै नै यो एउटा परिवर्तनको सुरुवात हो ।

उनिहरुले प्रेम गरेपश्चात बिवाह भागेर गरेका थिए ।सुरुवाति भेटमा दाइ बहिनिबाट सुरु भएको सम्बन्ध अन्ततः प्रेममा परिणत हुँदै बिवाहसम्म पुग्यो ।उनिहरु दुबै एकदमै खुसि देखिन्छन् ।मान्छे यदि खुसि सुखि सन्तुष्ट आपसमा छ भने जात ,धर्म ,बर्गले आखिर केनै पो फरक पार्दो रहेछ र ।

अन्य समाचार : काठमाडौं, साउन १८ । यातायात व्यवस्था विभागले भदौ पहिलो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने तयारी गरेको छ ।

कोरोना महामारीको जोखिम कम हुँदै गए भदौको पहिलो सातादेखि ट्रायल खुलाउने तयारी गरिएको विभागले जनाएको छ ।

लाइसेन्सका लागि यातायात व्यवस्था विभागले लिखित तथा ट्रायल परीक्षाको नयाँ व्यवस्था यसअघि नै सार्वजनिक गरिसकेको छ । लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गत चैत १९ गते स्वीकृत भएको थियो ।

सो कार्यविधि निर्देशिका २०७८ जेठ १ गतेदेखि लागू भए पनि कोरोनाका कारण ट्रायल तथा लिखित परीक्षा हुन नसकेपछि कार्यान्वयनमा भने आउन सकेको छैन ।

निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन् । निर्देशिकाले परीक्षार्थीले आफ्नै सवारी प्रयोग गर्न सक्ने व्यवस्था समेत गरेको छ । यसअघि कार्यालयले तोकेका र उपलब्ध गराएका सवारी मात्रै प्रयोग गर्न पाउने व्यवस्था थियो ।


Last Updated on: August 2nd, 2021 at 7:47 pm
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया