बिहिबार ०४ कार्तिक २०७८

एजेन्सी। तपाईले अहिलेसम्म कति रुपैयाँ भेट्टाउनुभएको छ ? पैसा भेट्टाउँदा जो कोही पनि खुशीले फुरुगं हुन्छन् ।भारतको झारखण्ड राज्यको एक गाउँमा हालै चउरमा खेलिरहेका बालबालिकाहरुले गाउँनजिकैको खोल्सामा तीन वटा फालिएको बोरा खोलेर हेर्दा ५ करोड रुपैयाँ देखेपछि उनीहरुको होश हवास नै उड्यो ।

यी नोट प्रतिबन्धित भारतीय पाँच सय र हजार रुपैयाँका नोट भएको भारतीय मिडियाहरुले जनाएका छन् । तीन बोराको तौल करिब एक क्विन्टल भएको बताइएको छ ।

भारतीय मिडियाका अनुसार सरायकेला खरसावाँ जिल्लामा दिनाइ गाउँमा यसरी धुजाधुजा पारिएका नोट भेटिएको हो । बच्चाहरु बोरासँग खेल्न थाले त्यही क्रममा बोरा च्यातिएर नोट बाहिर निस्किएको बताइएको छ ।

यो पनि पढ्नुहोस …वन मान्छेको खोरमा ४ वर्षीय बालक खसेपछि, त्यसले के गर्यो त्यो देखेर तपाईको मुटु काप्नेछ
कहिले अनि कहाँको सँग के दुर्घटना हुने हो यसको बारेमा हामी कसैलाई केहि थाहा हुँदैन । केहिले कहीं मान्छेहरुलाई यस्तो घटनाहरुको सामना गर्नु पर्ने हुन्छ जसको कल्पना पनि गरिएको हुँदैन ।

यस्तै घटनाहरु तपाईहरु पनि दिनहुँ समाचारहरुमा हेर्ने अनि सुन्ने गर्नु हुन्छ होला । आज भन्दा अगाडी पनि निकै अचम्म लाग्दा र डर लाग्दा भिडियो घटनाहरु देख्नु भएको होला, आज हामी यस्तै एक डर लाग्दो भिडियो शेयर गर्न गइरहेका छौँ, जसलाई हेरेपछि तपाईको जिउ नै सिरिंग हुने छ ।

जुन भिडियोलाई हजारौंले हेरीसकेका छन्, यो भाइरल भिडियोमा हेर्न सक्नु हुन्छ कि एक ४ वर्षीय बालक
गल्तिले गोरिल्ला (बन मान्छे) को खोरमा खस्न पुग्छन् । जसलाई गोरिल्लाले छोप्छ । त्यो वच्चा जोड जोडले रोई रहेको सुन्न सकिन्छ तर गोरिल्लाले त्यो बालकलाई छोड्दैन । त्यसपछि के भयो तपाई आफै तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

यो भिडियोमा तपाई हेर्न सक्नु हुन्छ कि जब केहि मान्छे हरु माथिबाट चिच्याएर गोरिल्लालाई भगाउने कोसिस गर्छन तर हो हल्लाले उ झन् रिसाउछ र बच्चाको एक खुट्टामा समातेर यता उता दौड लगाउन सुरु गर्छ । जसले त्यहा माथि उभिएका मान्छेहरुमा झनै कोलाहल मच्चिन्छ ।

एक मिडिया रिपोर्ट अनुसार जब त्यो गोरिल्लाले बालकलाई छोड्दै नछोडेपछि चिडियाखाना प्रबन्धकहरुले गोरिल्लालाई मारेर बच्चाको ज्यान बचाएका थिए । यो भिडियो पुरानो हो तर यहाँ सेयर गर्नुको कारण तपाईहरु लाई सचेत गराउनको लागि मात्र हो जसबाट हामी हरु पनि सचेत हौँ र यस्ता ठाउँमा जाँदा साबधानी अपनाउन सकौँ ।


Last Updated on: August 3rd, 2021 at 12:02 am
४१० पटक हेरिएको

तपाईको प्रतिक्रिया