सोमबार ०८ कार्तिक २०७८

भोलिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडाइ
August 2, 2021 84
50
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं, साउन १८- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने तयारी भएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले उपत्यकामा खुकुलो निषेधाज्ञासँगै कोरोना संक्रमण फैलिन थालेपछि थप कडाइका साथ निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।]

बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालिप्रसाद पराजुलीले कोरोना संक्रमण फैलिन थालेसँगै निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय भएको बताए । उनले भने, ‘अब भोलिदेखि नै अनुगमन थाल्दै सार्वजनिक स्थानमा भीडभाड गर्ने र मास्क नलगाउनेलाई जरिवाना तथा कानूनी कार्वाही गरिनेछ ।’

बैठकले सहायक सीडीओको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति पनि गठन गरेको छ । गठन भएको समितिले भोलिदेखि नै काठमाडौं उपत्यकाको सार्वजनिक क्षेत्रहरुको अनुगमन गर्नेछ ।

वैशाख १६ देखि जारी निषेधाज्ञा साउन २० गते मध्यरातमा सकिँदैछ । त्यसअघि पुनः काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरु कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग बैठक बस्नेछ


Last Updated on: August 3rd, 2021 at 12:32 am
२०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया