बिहिबार ११ कार्तिक २०७८

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण र राजनीतिक प्रतिबद्धता’ विषयक अन्तरक्रियाकार्यक्रममा बोल्दै पौडेलले दलित समुदायबीच मात्रै प्रतिष्पर्धाहुनेगरी बेग्लै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको हो ।

दलित समुदायले अन्य जातीसँग प्रतिष्पर्धा गर्न गाह्रो हुने भएकोले उनीहरुको प्रतिनिधित्व सुनिश्चित गर्न दलित दलितबीच
मात्रै प्रतिष्पर्धा गराउनु पर्ने उहाँले बताउनुभयो ।‘दलित समुदाय वर्षौंदेखि पछाडी पारिएको छ ।

अन्य जातीसँग प्रतिष्पर्धा गरेर राजनीतिमा आउन उनीहरुका लागि धेरै असहज हुन्छ’ पौडेलले भन्नुभयो,त्यसकारण उनीहरुको प्रतिनिधित्व सुनिश्चित गर्न केही निर्वाचन क्षेत्र छुट्याउनुपर्छ, जहाँ दलित दलितबीच मात्रै प्रतिष्पर्धा होस् ।

पौडेलले अहिलेको २१औँ शताब्दिमा पनि जातीय छुवाछुत तथा हिंसाका घटना ब्याप्त रहेको भन्दै छुवाछुत गर्नेमाथि सरकारले कडा दण्ड सजायसँगै जनचेतनाका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले दलित समुदायले प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रमा नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवाली, नेकपा।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**


Last Updated on: August 4th, 2021 at 12:36 am
२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया