
Home > समाज > नातिको ब’ञ्च’रो प्र’हा’रबाट वृद्ध हजुरआमाको मृत्यु
नातिको ब’ञ्च’रो प्र’हा’रबाट वृद्ध हजुरआमाको मृत्यु
adminMay 8, 2021 समाज0
SUGGESTED NEWS
Mgid
Mgid
The Japanese Way To Completely Remove Body Toxins
Nuubu
Best Car Manufacturers In The World
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
मकवानपुर। हेटौंडा उपमहानगरभित्र आफ्नै नातिले प्रहार गरेको बन्चरोले लागेर हजुरआमाको ज्यान गएको छ । २२ वर्षका आकाश गुरुङले ९० वर्षीया हजुरआमा कान्छीमायालाई शुक्रबार दिउँसो ४ बजेतिर बन्चरो प्रहार गरी हत्या गरेका हुन् । घरको आँगनमा बसिरहेको बेला नातिले प्रहार गरेको बन्चरोले टाउको मा लागेर कान्छीमाया गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिए पनि उनको साँझ ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । नातिलाई मकवानपुर प्रहरीको नियन्त्रणमा लिएको छ ।
SUGGESTED NEWS
Mgid
Mgid
Very Realistic Game For Men!
RAID: Shadow Legends
Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए ।
गाउँमा कोरोना सङ्क्रमणको शङ्कास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पिसिआर परीक्षण गरेको थियो । बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकामा शुक्रबार २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो यति धेरै जनामा सङ्क्रमण देखिनु स्थानीयवासीको हेलचक्र्याइँ रहेको गाउँ पालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले जानकारी दिए ।
गाउँपालिकामा सङ्क्रमण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनु पर्ने कँडेलको भनाइ छ । गाउँघर सङ्क्रमण फैलिएपछि रोकथामका लागि आफूहरु लागि रहेको उहाँको भनाइ छ । गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गर्दा अस्वाभाविक रूपमा सङ्क्रमणको दर बढेको कँडेल बताउँछन् ।
जलजला गाउँसँगै अन्य गाउँमा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै उनले सबैतिर परीक्षण शुरु गरेको बताए । संक्रमणको व्यवस्थापनका लागि गाउँपालिकाले आइसोलेशन तथा अन्य व्यवस्थापनलाई तीव्रता दिएको छ । विवाह भोजमा सहभागी भएका दुलाहा पक्षका आफन्त तथा अन्य गाउँका अधिकांश मानिस बिरामी परेको वडाध्यक्ष प्रेम गलामी मगरले जानकारी दिए ।
उनले गाउँमा पछिल्लो समय बाहिरबाट आवतजावत बढी भएको र विवाहलगायतका कार्यक्रम नियमित हुँदा जोखिम बढेको बताए । “अहिले सङ्क्रमित भएकाहरु अधिकांश विवाहमा सहभागी भएका छन्, केही उनीहरुसँग सम्पर्कमा रहेका छन्”, उनले भने, “पछिल्लो समय गाउँमा भिडभाड हुने खालका गतिविधि भएको र त्यहीँबाटै कोरोना फैलिएको भन्ने लाग्छ, गाउँमा अरु पनि धेरै बिरामी पर्नुभएको छ तर अवस्था सबैको सामान्य छ ।”
गाउँ कोरोना सङ्क्रमणको उच्च जोखिममा परेपछि केही दिनका लागि गाउँ नै सिल गरिएको छ । सङ्क्रमित सबैको अवस्था सामान्य भएकाले होम आइसोलेसनमै राखिएको अध्यक्ष मगरको भनाइ छ । गाउँमा सङ्क्रमण बढ्दै गएपछि स्थानीयवासीमा त्रास छाएको छ । अहिले सङ्क्रमितहरुलाई ज्वरो आउने तथा रुघा खोकीलगायतका लक्षण देखिएको छ ।
केही दिन अगाडि गाउँमा भएको विवाह समारोहमा जलजला गाउँसँगै अन्य विभिन्न स्थानबाट पनि मानिसहरु सहभागी भएको बताइएको छ । उक्त विवाहमा करिब ४०० सहभागी भएको स्थानीयवासीको भनाइ छ । विवाहमा सहभागी भएका ८७ वर्षीय वृद्धाको बिहीबार धौलागिरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि गाउँमा थप त्रास फैलिएको छ ।