शुक्रबार १९ जेठ २०८०

दार्चुलाकी नेपाली महिलालाई भारतीय एसएसबीले अस्पताल पुर्याए
August 3, 2021 34
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली महिलालाई सहयोग गरेर उदाहरणीय काम गरेको छ ।

मङगलबार बिहान बिरामी भएकी दार्चुलाकी नेपाली महिलालाई अस्पताल पुर्‍याएर एसएसबीले सहयोग गरेको हो ।

एसएसबीका जवानहरूले बिरामी भएकी महिलालाई भारतको धारचुला सीता पुल हुँदै नेपाल प्रवेश गराएका हुन् ।

यसको लागि एसएसबीले चार नेपाली नागरिकहरूलाई पनि बिरामी भएकी महिलासँग नेपाल क्षेत्रसम्म जाने अनुमति दिएको थियो ।

नेपाल एपीएफको छांगरु पोस्टमा निर्माण कार्य चालिरहेको छ । आइतबार गार्लिक निर्माण सेवा कम्पनी (नेपाल) का म्यानेजर इन्चार्ज सहदेव बोहराको निगरानीमा मजदुरहरू काम गरिरहेका थिए ।

सोही समय दार्चुला नौगाड गाउँपालिका वार्ड नम्बर १ बस्ने रमेश ठेकरेकी २० बर्सिया श्रीमती मजदुर सङ्गीता ठेकरेको पेटमा अचानक पीडा सुरु भएको थियो ।

त्यसपछि सङ्गीतालाई अस्पताल लैजान एकदम जरुरी भएको थियो । तर नेपाल तर्फको बाटो खराब भएको कारणले सङ्गीतलाई अस्पताल पुर्‍याउन सम्भव थिएन ।

उपचारको लागि भारतको धारचुला सीता पुलको बाटो हुँदै मजदुर बिरामी सङ्गीतालाई अस्पताल लैजान बाहेक कुनै विकल्प थिएन । तर बिरामी सङ्गीतासँग यसको लागि कुनै अनुमति थिएन । आपत् स्वास्थ्यकी एसएसबी बी समवाय गब्र्यागका समवाय कमान्डरको सहयोगमा ५ जनालाई भारत जानु अनुमति दिइएको थियो ।

परिस्थितिको आकलन गर्दै उनीहरूलाई भारतको धारचुला सीता पुल हुँदै नेपाल प्रवेश गराइएको थियो । बिरामी महिलाको हालत गम्भीर भएकोले एसएसबीका जवानहरूले तुरुन्त सङ्गीतालाई आफ्नै वाहनमा चढाइ छिया लेखसम्म पुर्‍याएका थिए ।


Last Updated on: August 4th, 2021 at 1:20 am
५४० पटक हेरिएको

तपाईको प्रतिक्रिया