सोमबार ०१ कार्तिक २०७८

काम खोज्न दुबई गए तर काम पाएनन्, श्रीमतीसँग मागेको २० हजारले एक झट्कामै बने करोडपति
August 4, 2021 643
408
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
कसको भाग्य कति बेला बदलिन्छ भन्ने कसैलाई थाहै हुँदैन । यस्तै भएको छ एक भारतीय किसान लाई, जसले पहिले काम नपाएर अरुको भरमा बाँच्नु`परेको थियो । उनी एक झट्का`मा ४५ करोड रुपैयाँको मालिक भएका छन् ।

विलास रायक्ला नामका यी किसान कामको खोजी`मा दुबइ गएका थिए । तर उनले त्यहाँ काम नपाएपछि निराश भएर भारत फर्के । घर आएर उनले श्रीमती`सँग २० हजार मागेर एउटा लट्रीको टिकट किने । त्यस`पछि एक झट्कामै विलास`को भाग्य बद`लियो । उनी ४ मिलियन डलरका मालिक भने ।

हैदरा`बादका विलास डिएच १५ रफल लट्रीको विजेता बनेका हुन् । रोचक त के भने दुबइमा काम नपाए`पछि उनले ४५ दिन अगाडि दुबइ छोडेका थिए । शनि`बार उनलाई यो कुराको जान`कारी दिइयो कि उनले निकै ठूलो धन`राशी जितेका छन् ।

रिपोर्टका अनुसार विलास र उनकी पत्नी हैदरा`बादमा धान खेती गर्छन् र यसबाट उनी`हरुको वार्षिक आम्दानी करिब ३ लाख रुपैयाँ छ । विलास पहिले दुबइमै बस्थे र ड्राइ`भरको काम गर्थे । उनले त्यहाँ हुँदा पहिले पनि टिकट किन्ने गर्थे तर पुरस्कार जित्न सफल भएका थिएनन् ।

विलासमा अनु`सार उनले कामको प्रयासमा अस`फल भएपछि पत्नीसँग २० हजार रुपैयाँ मागेर आफ्ना साथी रविलाई लट्री`को टिकट किन्न दिएका थिए । रविले विलाको नामबाट ३ टिकट किनेका थिए तीमध्ये एक टिकटबाट विलास`ले ठूलो रकम जिते । – डिसी नेपाल


Last Updated on: August 4th, 2021 at 7:30 pm
५४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया