सोमबार ०१ कार्तिक २०७८

मध्यरातमा मकैवारी गएका दुई दाजुभाईको दुखद् निधन
August 5, 2021 8
काठमाडौ । बैतडीमा एकै घरका दाजुभाईको दुखद् निधन भएको छ । वैतडीको सुर्नया गाउँपालिका-५ स्वालीमा बदेलका लागि छोडेको तारमा करेन्ट लागेर एकै घरका दुई दाजुभाईको मृत्यु भएको छ ।

बुधवार साढे १० बजे तिर मकैबारीमा गएका बेला उनीहरुलाई करेन्ट लागेको हो । दुर्घटनामा सुर्नया गाउँपालिका(५ का अजब चन्दका छोरा २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

जंगली बँदेलले मकैबारी न ष्ट गर्न थालेपछि करेन्ट छोडिएको थियो । मैकैबारीमा करेन्ट छोडिएको थाहा नपाएका उनीहरु रातीमा मकैवारी पुगेका थिए । तारबाट उनिहरुलाई करेन्ट लागेको ओझाले बताए । घटनास्थलमा रातीनै प्रहरी टोलि पुगेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

Last Updated on: August 5th, 2021 at 4:23 pm
१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया