सोमबार ०१ कार्तिक २०७८

टिकटकमै यसरी ‘सँगै मर्ने’ कसम खाएका दम्पति, जो सँगै अस्ताए (भिडिओसहित)
१३ श्रावण २०७८, बुधबार

Share
टिकटकमै यसरी ‘सँगै मर्ने’ कसम खाएका दम्पति, जो सँगै अस्ताए (भिडिओसहित)
झापाको सुरुङ्गास्थित होटल हेवेनका सञ्चालक पूर्णबहादुर विष्ट र उनकी पत्नी भीमा विष्टसँग धनकुटाको भेडेटारबाट फर्किनेक्रममा थिए ।

इटहरी आइपुग्दा बेलुका भइसकेपछि घरमा रहेका १४ वर्षीय छोरालाई फोन गरे खाना खाँदै गर्नु हामी यतै खाएर आउँछौँ भने ।

PROMOTED CONTENTAdskeeper

Your Wife Will Surely Appreciate This Tip Tonight! Try It Out
More…
283
71
94

Discover Your Family’s Origin From The Shape Of Your Feet
More…
201
50
67

Top 10 Most Expensive Designer Watches In The World
More…
590
148
197
इटहरीस्थित एक होटलमा खाना खाएर मोटरसाइकलमा घरतिर लागेका उनीहरू घर पुग्न पाएनन् । दमक नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा सिमेन्टले भरिएको मालबाहक ना ४ ख ८७३० नम्बरको ट्रकले पूर्ण र भीमा सवार प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दियो ।

ट्रकको ठक्करबाट गम्भीर घा-इते उनीहरूलाई उपचारको लागि दमकस्थित लाइफलाइन अस्पतालमा पुर्याइयो । तर त्यहाँ दुवै जनालाई चिकित्सकले मृत घोषणा गरे।

‘सम्भवतः उहाँहरूको घटनास्थलमै मृत्यु भएको हुनुपर्छ’, इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले भने, ‘घरमा छोरालाई खाना खाँदै गर्नु हामी यतै खान्छौँ भनेर हिँड्नु भएको रहेछ । तर उहाँहरू घर पुग्न पाउनु भएन ।’

गए राति १०ः१० बजेतिर भएको सो दुर्घटनापछि ट्रकका चालक ट्रकसहित फरार भएका थिए । फरार चालक मोरङ विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापालाई अस्थायी प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान गर्दा तीव्र गतिका कारण दुर्घटना भएको डिएसपी कार्कीले जनाए ।

‘बाहिर मापसे गरेर ट्रक कुदाउँदा दुर्घटना भएको हल्ला छ’, उनले भने, ‘तर मेडिकल रिपोर्टले त्यो देखाएको छैन । तीव्र गतिकै कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

उनीहरुको निधन पछि सँगै मर्ने बाँच्ने भन्ने कसम खाएको टिकटक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोले धेरैलाइ भावुक बनाउछ ।

भिडिओ हेर्न यहाँ क्लिक गराैँ


Last Updated on: August 6th, 2021 at 2:37 am
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया