सोमबार ०८ कार्तिक २०७८

‘रेड जोन’मा ३४ जिल्ला, यी १६ जिल्लामा बढी संक्रमित
साउन २१, २०७८ –

recommended by
Mgid
Mgid

TESTOULTRA
It’s Not A Secret! Any Man Can Last 2 Hours In Bed With This
LEARN MORE
काठमाडौं ।

नेपालका १४ जिल्लामा पाँच सयभन्दा बढी र १८ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ जना पुगेको छ । त्यस्तै देशभर संक्रमणबाट ९ हजार ९५७ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को कुनै पनि जिल्लामा ५ सय भन्दा धेरै संक्रमित रहेका छैनन् ।

बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, नुवाकोट, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी, गण्डकी प्रदेशको कास्की, बाग्लुङ, गोरखा र नवलपरासी पूर्व जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेकाका छन् । लुम्बीनी प्रदेशको रुपन्देही जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।

कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पनि पाँच सय भन्दा बढी संक्रमित रहेका छन् भने सुदुरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा ५ सय भन्दा धेरै कोरोना संक्रमित रहेका छैनन् । त्यसैगरी, देशभर ३७८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश १ को धनकुटा जिल्लामा २ सयभन्दा बढी संक्रमित रहेका छन् । प्रदेश २ को बारा, सिराहा, सप्तरी र धनुषा जिल्लामा दुई सय भन्दा बढी संक्रमित रहेका छन् ।

बागमती प्रदेशको दोलखा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, गण्डकी प्रदेशको स्याङ्जा, तनहुँ जिल्लामा र लुम्बिनी प्रदेशको बाँके, पाल्पा र दाङ जिल्लामा दुई सय भन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेशको जुम्ला जिल्लामा दुई भन्दा बढी संक्रमित रहेका छन् । सुदुरपश्चिम प्रदेशको कैलाली र कन्चनपुर जिल्लामा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Last Updated on: August 6th, 2021 at 2:38 am
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया