सोमबार ०१ कार्तिक २०७८

यो त अति भएन र ? गाउँपालिकाको उपाध्यक्षका ससुराको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा
August 6, 2021 17
काठमाडौ । स्थानिय तहलाई जनताका लागि सिंहदरवार हो । जनताका काम छिटो र छरितो बनाउनका लागि स्थानिय तहको परिकल्पना गरियो । अहिले महामारीका कारण सर्वसाधारण बाहिर निस्कन पाएका छैनने । त्यसैले सरकारी कामकाज पनि निकै कम हुने गरेका छन् । अत्यावश्यक बाहेक सर्वसाधारण वाहिर ननिस्कने भएकाले कामकाज पनि कम भएका हुन् ।

तेह्रथुममा गाउँपालिका उपाध्यक्षलाई शोक पर्दा पालिकाभर सार्वजनिक बिदा दिइएको छ । सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक विदा घोषणा गरिएको छ । मेन्छयायेम गाउँपालिकाका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमको ससुराको निधन भएपछि पालिकाले सार्वजनिक बिदा दिएको हो ।

उपाध्यक्ष तिम्सिनाका ससुरा विष्णुप्रसाद गौतमको गएराति पौने १२ बजे ९६ वर्षको उमेरमा निधन भएको थियो । उपाध्यक्षलाई ससुराको शोक परेपछि गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।


Last Updated on: August 6th, 2021 at 4:10 pm
२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया