सोमबार ०१ कार्तिक २०७८

७८ वर्षिया बृद्धा मालपोतको लाइनमा बसेकी थिईन, गर्मिले भिडमा बेहोस भएर मृत्यु
August 6, 2021 11
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मालपोत कार्यालयमा सेवा लिन लाइन लागेकी एक वृद्धा महि`ला बेहोस भएर लड्दा आज मृ`त्यु भएको छ ।

मकवानपुरगढी गाउँ|पालिका वडा नंबर ६ सामरी घर भएकी ७८ वर्षिया पञ्चमाया गौतमको आज मालपोत परिसरमै ज्या`न गएको हो ।मालपोत परिसरमा आज दिउँसो एक्कासी बेहोस भएको अवस्थामा वृद्धाको मृ|त्यु भएको जिल्ला प्र`हरी कार्यलय मक`वानपुरले जनाएको छ ।

लाइनमा बस्दाबस्दै उनी एक्कासी ढलेकी थिइन् । उनको मृ`त शरीरलाई निकै समय माल`पोत कार्यालय परिसरमै राखिएको थियो । कर्मचारीले मोठ भिडाउने क्रममा आवश्यक पर्ने भन्दै शारी`रिक रुपमा बृद्ध महिला`लाई लाइनमै बस्न भनेका थिए ।

कर्मचारीले शारीरिक रुपमा अशक्त रहेपनि काम चाँडो गर्नु भन्दा गर्मि|को समयमा भीडमा राख्दा उनि बे`होस भएको प्रत्यक्ष`दर्शीले बताए ।

लेखा`पढी व्यवसायी मार्फत काम थालिएको भएपनि उनी बिहानैदेखि लाइनमा रहेको सेवा`ग्राहीले बताए । व्यवस्थाप`कीय कमजो`रीका कारण घट`ना भएको कार्यालय प्रमुख रामचन्द्र भण्डारीले बताए । – नुवाकोट एक्सप्रेस


Last Updated on: August 7th, 2021 at 12:54 am
१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया